logo
२०८१ बैशाख ८ शनिवार



अफगानिस्तानमा सात सय कैदी कारागार मुक्त

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा सात सय कैदी कारागार मुक्त
तस्विर -सिन्हवा


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १८ गते । अफगानिस्तानमा कोभिड–१९ संक्रमण फैल्ने जोखिममा सोमबार सात सय कैदीलाई मुक्त गरिएको छ । राष्ट्रपति अशरफ घानीले संक्रमणको जोखिमलाई लिएर विभिन्न चरणमा गरेर दश हजार कैदीलाई रिहा गर्ने आदेश दिएपछि पहिलो चरणमा सात सय कैदीलाई मुक्त गरिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार सोमबार बिहान उत्तरी बाघलान र बल्ख प्रान्तबाट १५०, हेरात प्रान्तबाट पाँच सय कैदीलाई मुक्त गरिएको छ । पश्चिमी अफगानिस्तानको हेरात प्रान्त कोभिड–१९ बाट प्रभावित इरानसँग जोडिएको सीमा क्षेत्र हो । राष्ट्रपति अशरफ घानीले आगामी दश दिन भित्र ३४ प्रान्तका दश हजार कैदीलाई मुक्त गर्न आदेश गर्नुभएको थियो । दक्षिण कान्धार प्रान्तबाट ५५ कैदीलाई मुक्त गरिएको छ ।
समाचार संस्था सिन्हवाका अनुसार कैद मुक्त गरिएका कैदीहरुमा तालिबान लडाकू छैनन् । अफगानिस्तानमा १४५ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमध्ये तीनजनाको मृत्यु भएको र पाँचजना निको भई घर फर्केको जनाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?