logo
२०८१ बैशाख ७ शुक्रवार



भारतमा कोरोनाले २५ को मृत्यु, बिहारमा ११ जनामा संक्रमणको पुष्टि

अन्तर्राष्ट्रिय |


भारतमा कोरोनाले २५ को मृत्यु, बिहारमा ११ जनामा संक्रमणको पुष्टि


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १६ गते । भारतको बिहार राज्यमा कोरोना संक्रमितको संख्या ११ पुगेको छ । यसअघि बिहारमा मात्र पाँचजनामा कोभिड–१९ संक्रमितको पुष्टि भएको थियो ।
बिहारको स्वास्थ्य विभागले आइतबार पत्रकार सम्मेलन गरी कोभिड–१९ संक्रमितबारे जानकारी गराएको हो । स्वास्थ्य विभागका अनुसार बिहारको राजधानी पटनामा मात्रै पाँचजना नयाँ संक्रमित थपिएका छन् । नालन्दा, सिवान र लखिसरायमा एक एकजना संक्रमितको पुष्टि भएको छ । भारतको बिहार, उत्तरप्रदेश र बंगालको सीमा नेपाली भूभागसँग जोडिएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतमा संक्रमण पुष्टि भएकाहरुको संख्या ९७९ दत्र्ता गरिएको छ । जसमध्ये ४८ जना विदेशी छन् । भारतमा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?