logo
२०८० चैत्र १५ बिहीवार



ललितपुर महानगरले औषधि छर्कियो

खुला |


ललितपुर महानगरले औषधि छर्कियो



शान्ति लामा
ललितपुर, चैत १६ गते । ललितपुर महानगरपालिकाले किटनासक औषधि छर्केको छ । कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिमलाई न्यूनिकरण गर्न महानगरका विभिन्न वडामा औषधि छर्किएको हो ।

शनिवार कुपुण्डोल, पुल्चोक, जावलाखेल, महालक्ष्मीस्थान, लगनखेल सातदोबाटो, ग्वार्कोलगायतका क्षेत्रमा औषधि छर्किएको महानगरपालिकाका जिन्सी शाखाका प्रमुख सागर थापाले बताउनुभयो ।
महानगरको २३, २४, २७ र २९ वडामा आइतबार औषधि छर्किएको उहाँले जानकारी दिनुभयो । महानगरले औषधि छर्कने क्रमलाई निरन्तरता दिइने बताउनुभयो । 

वडा नं २७ का अध्यक्ष बाबुराज महर्जन भित्री सडकहरुमा समेत कीटनासक औषधि छर्ने तयारी भइरहेको बताउनुभयो । वडा नं २४ का चोक, गल्ली र मूल बाटोमा औषधि छर्किएको वडाध्यक्ष दिनेश कार्कीले बताउनुभयो । वडा नं १८ मा भने सोमबार बिहानदेखि औषधि छर्कने वडाध्यक्ष पुरुषोत्तम खड्काले बताउनुभयो ।

वडा नं २४ ले वडावासीलाई घर बाहिर ननिस्कन आव्हान गर्दै माइकिङ पनि गरेको छ । साथै मानिसहरु भेला हुने चियापसल लगायत अन्य पसल बन्द गर्न आव्हान गरेको अध्यक्ष दिनेश कार्कीले बताउनुभयो । 

त्यस्तै आफैँले उत्पादन गरेको मास्क र स्यानिटाइजर ललितपुर महानगरपालिकाले मास्क र स्यानिटाइजर वडामा पठाएको महानगरप्रमुख चिरीबाबु महर्जनका निजी सचिव राजु महर्जनले जानकारी दिनुभयो । थप मास्क उत्पादनका लागि आवश्यक कच्चा पदार्थ समेत वडामा पठाइएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?