logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना महामारी–विश्वभरि ३० हजारको मृत्यु

अन्तर्राष्ट्रिय |


कोरोना महामारी–विश्वभरि ३० हजारको मृत्यु
तस्विर-एपी, अमेरिकाको टेक्सस राज्यमा कोरोना संक्रमित बिरामीलाई अस्पताल पुर्याउँदै स्वास्थ्य कार्यकत्र्ता


एजेन्सी
काठमाडौं, चैत्त १६ गते । कोभिड–१९ को विश्वब्यापी महामारीले ३० हजार बढीको मृत्यु भएको छ । इटालीमा मृत्यु हुनेको संख्या दश हजार पुगेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार शनिबार इटाली र स्पैनमा कोरोना संक्रमणले सबैभन्दा बढी बिरामीको मृत्यु भएको हो । इटालीमा मृतकको संख्या करिब दश हजार नाघेको छ । स्पैन दोस्रो सबैभन्द बढी प्रभावित राष्ट्र बनेको छ । शनिबारसम्म स्पैनमा पाँच हजार ६९० जना संक्रमितको मृत्यु भएको छ । पूर्वी एशियाको जापानमा भने एकैदिनमा अहिलेसम्मको सबैभन्दा बढी संक्रमितको पुष्टि भएको छ । बेलायतमा प्रधानमन्त्री बोरिस जोनसन, प्रिन्स चाल्र्समा संक्रमणको पुष्टि भएयता संक्रमितको हुनेको संख्या बढ्दो छ । शनिबार बेलायतमा २६० संक्रमितको मृत्युसँग कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक हजार १९ पुगेको छ । बेलायतमा संक्रमितको संख्या १७ हजार ८९ रहेको बीबीसीले उल्लेख गरेको छ । 
अमेरिकामा भने संक्रमितको संख्या एक लाखभन्दा बढी दत्र्ता गरिएको छ । न्युर्योक शहरमा मात्रै ५० हजार बढी संक्रमित रहेको सीएनएनले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोग नियन्त्रण तथा उन्मूलन केन्द्रलाई कडा यात्रा सुझाब जारी गर्न निर्देशन दिनुभएको छ । सीडीसीले शनिबार न्युर्योक, न्यू जर्सि र कनेक्टीकटबासीलाई १४ दिनसम्म अत्यावश्यक बाहेकको अवस्थामा घरबाट ननिस्किन निर्देशन दिएको छ ।
न्युर्योक प्रहरी विभागका करिब चार हजार तीनसय कर्मचारी शनिबार बिरामी परेका छन् । न्युर्योक प्रहरीका करिब ६९६ सदस्यमा कोभिड–१९ संक्रमणको पुष्टि भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?