logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना संक्रमणले स्पैनकी राजकुमारीको निधन

अन्तर्राष्ट्रिय |


कोरोना संक्रमणले स्पैनकी राजकुमारीको निधन
तस्विर- द सन, ८६ वर्षीया राजकुमारी मारिया आफ्ना भतिज एवम् राजकुमार जेम डी बौर्बन र राजकुमारी भिक्टोरियासँग ।


एजेन्सी
काठमाडौं, चैत्त १६ गते । कोभिड–१९ को संक्रमणबाट स्पैनकी राजकुमारी मारिया टेरेसाको निधन भएको छ । ८६ वर्षीया राजकुमारी स्पैनको बौर्बन राजपरिवारको सदस्य हुनुुहुन्थ्यो ।
बौर्बन राजपरिवारका राजकुमार एवम् राजकुमारीकी कान्छो भाई सिक्सटस हेनरीले टेरेसाको निधनको पुष्टि गर्नुभएको हो । उहाँहरु फ्रान्सेली क्याप्टियन वंशका हुनुहुन्छ । मारिया टेरेसाको जन्म जुलाई २८, १९३३ मा भएको थियो । राजकुमारी मारियाको कुनै सन्तान छैन् ।
बेलायती अखबार द सनको अनलाइन संस्करणले राजकुमारी मारियाको पूर्वजले सन् १८५९ सम्म पिसेन्जा, गुस्टल्ला र लुक्कामा शासन गरेको उल्लेख गरेको छ । स्पैनमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या पाँच हजार ६९० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै स्पैनमा ८३२ जना संक्रमितको मृत्यु भएको हो । कोभिड–१९ बाट प्रभावित हुने इटालीपछि स्पैन दोस्रो सबैभन्दा प्रभावित राष्ट्र बनेको छ ।
यसअघि ७१ वर्षीय बेलायती राजकुमार चाल्र्समा कोभिड–१९ को संक्रमणको पुष्टि भएको थियो । उहाँ सेल्फ आइसोलेशनमा हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?