logo
२०८१ बैशाख ८ शनिवार



हंगेरीमा बेलायती वरिष्ठ कुटनीतिज्ञको कोरोनाले मृत्यु

अन्तर्राष्ट्रिय |


हंगेरीमा बेलायती वरिष्ठ कुटनीतिज्ञको कोरोनाले मृत्यु


एजेन्सी
काठमाडौं, चैत्त १३ गते । बेलायतका एकजना वरिष्ठ कुटनीतिज्ञको कोभिड–१९ को संक्रमणले मृत्यु भएको छ । हंगेरीमा कार्यरत बेलायती कुटनीतिज्ञ स्टिभन डिकको मृत्यु भएको हो ।
बेलायतको परराष्ट्र कार्यालयलाई उद्धृत गर्दै सीएनएनले ३७ वर्षीय स्टिभन डिक हंगेरीको बूढापेष्टस्थित बेलायती दूताबासका उपप्रमुखको रुपमा कार्यरत रहेको उल्लेख गरेको छ । बेलायती परराष्ट्र सचिब डोमिनिक राबले भन्नुभयो, “कोभिड–१९ को संक्रमणले स्टिभनको मृत्युको खबर सुनेर अत्यन्तै दुखित र स्तब्ध भएको छु ।”
उहाँ सन् २००८ मा पहिलोपटक परराष्ट्र कार्यालयमा नियुक्त हुनुभएको थियो । त्यसलगत्तै उहाँ रियाद र काबुलस्थित बेलायतीय दूताबास पुग्नुभयो । बेलायतमा कोभिड–१९ संक्रमितको संख्या आठ हजार पुगेको छ । करिब ४३५ जनाको मृत्यु भएको छ । हंगेरीमा भने मात्र २२६ जना संक्रमित छन् र दशजनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?