logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना भाइरस प्रभावित राष्ट्रका लागि १२ अर्ब डलरको विश्व बैंकको कोष

अन्तर्राष्ट्रिय |


कोरोना भाइरस प्रभावित राष्ट्रका लागि १२ अर्ब डलरको विश्व बैंकको कोष


एजेन्सी
काठमाडौं, फागुन २१ गते । विश्व बैंकले कोरोना भाइरसको संक्रमणको रोकथामका लागि विकासशील राष्ट्रहरुलाई १२ अर्ब अमेरिकी डलर सहयोग उपलब्ध गराउने जनाएको छ । आकस्मिक कोषमा जमा गरिने उक्त रुपियाँ न्यून दरमा ऋण, अनुदान र प्राविधिक सहयोगको रुपमा प्रदान गरिनेछ ।
कोरोना भाइरसको संक्रमण भयावह रुपमा फैलिरहँदा विश्वका नेताहरुले आर्थिक प्रभाव कम गर्न आ आफ्नो देश प्रवेशमा कडाइ गर्ने बताएका छन् । विश्व बैंकले यस्तो अवस्थामा उक्त कोष खडा गरी अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।
संकटमा रहेको सार्वजनिक स्वास्थ्य सम्बन्धी राज्यको जिम्मेवारी बढाउने तथा नीजि क्षेत्रसँग सहकार्य गरी आर्थिक प्रभाव न्यूनीकरणमा उक्त सहयोग केन्द्रित हुने बीबीसीले जनाएको छ ।
उक्त कोषको पचास प्रतिशत रुपियाँ नीजि क्षेत्रसँग सहकार्य गर्ने विश्व बैंकको अन्तर्राष्ट्रिय वित्त निगमबाट आउने जनाइएको छ । चार अर्ब अमेरिकी डलर भने विश्व बैंकमा उपलब्ध बिगत्को कोषबाट लिइने जनाइएको छ ।
ओभरसिज डेभेलपमेन्ट इन्स्टिच्युटका अनुसार कोरोना भाइरसको प्रकोपले श्रीलङ्का, भियतनाम र फिलिपिन्स आर्थिक रुपले उच्च जोखिममा हुने आँकलन गरिएको छ ।
कोरोना भाइरसको संक्रमण विश्वमा करिब ९२ हजार ब्यक्तिमा फैलिएको छ । तीन हजार बढीको मृत्यु भएको छ । जसमध्य अधिकांश चीनका छन् । चीनमा बुधबार ३८ जनाको मृत्यु भएको छ । लगातार तेस्रो दिन कोरोना संक्रमित हुने नयाँ बिरामीको संख्यामा चीनमा कमी आएको छ ।
चीनबाहिर सबैभन्दा बढी संक्रमित दक्षिण कोरियामा छन् । बुधबारसम्म दक्षिण कोरियामा करिब पाँच हजार ३२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३३ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?