logo
२०८१ बैशाख ४ मंगलवार



कोरोना भाइरसका कारण मृत्यु हुने तीन हजार एकसय नाघ्यो   

अन्तर्राष्ट्रिय |


कोरोना भाइरसका कारण मृत्यु हुने तीन हजार एकसय नाघ्यो   
चीनको हुबेई प्रान्तको उहान शहर


बेइजिङ , फागुन २०  गते ।  कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार १०० नाघेको मङ्गलबार जनाइएको छ ।    
    
गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ६० भन्दा बढी देशमा फैलिएको छ ।    
    
यस भाइरसका कारण विश्वभरी कम्तीमा ९० हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । उता संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट ६ जनाको मृत्यु भएको छ ।    
    
यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला अमेरिकामा पनि छ जनाको ज्यान गएको अधिकारीहरूको भनाइ छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?