logo
२०८१ बैशाख ८ शनिवार



उत्तर कोरियाले जापानी भूभागमा क्षेप्यास्त्र प्रहार गरेको दाबी

अन्तर्राष्ट्रिय |


उत्तर कोरियाले जापानी भूभागमा क्षेप्यास्त्र प्रहार गरेको दाबी


एजेन्सी
काठमाडौं, फागुन १९ गते । उत्तर कोरियाले छोटो दूरीको दुइवटा क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरिएको छ । दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको समुद्र तटीय शहर वन्सान नजिकै कोरियाली र जापानी प्रायद्वीपको पानीमा परीक्षण गरिएको जनाएको छ ।
दक्षिण कोरियाका संयुक्त सैन्य प्रमुखले एक वक्तब्य जारी गरी कोरियाली समय अनुसार करिब १२ बजेट ३७ मिनेट जाँदा २४० किलोमिटर दूरी तय गरेको वस्तु खसालिएको उल्लेख गर्नुभएको छ । उत्तर कोरियाले संयुक्त सैन्य अभ्यासको क्रममा उक्त क्षेप्यास्त्र परीक्षण गरिएको हुनसक्ने उहाँले बताउनुभएको छ । उत्तर कोरियाली शासक किम जोङ उनले हनोइमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गर्नुभएको वार्ताको पहिलो वर्षगाँठको अवसर पारेर शुक्रबारदेखि उक्त अभ्यास सुरु गरिएको थियो ।
उत्तर कोरियाली सञ्चारमाध्यमहरुले भने किमले अध्यक्षता गर्नुभएको अभ्यासको क्रममा शक्ति र सञ्चालन क्षमता आँकलन गर्न क्षेप्यास्त्र परीक्षण गरिएको जनाएको छ । जापानका रक्षा मन्त्रीले भने क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको सम्बन्धमा अझै सुनिश्चित भइनसकेको बताउनुभएको छ । यद्दपी उहाँले कुनै क्षतिको विवरण नआएको बताउनुभएको छ । उहाँले आफ्नो प्रेस वक्तब्यमा उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र अन्तर्राष्ट्रिय समुदाय र जापानको लागि समस्याको विषय भएको भन्दै चिन्ता ब्यक्त गर्नुभएको सीएनएनले जनाएको छ ।
प्योङयाङले भने अमेरिकाले शत्रुतापूर्ण नीति परिमार्जन नगरेसम्म उसले परमाणु हतियार बिस्तारै विकास गर्ने नीति अगाडि बढाउने बताउँदै आएको छ । उसले क्षेप्यास्त्र परीक्षण गरेको हो भने सन् २०२० मा यो उसको पहिलो परीक्षण हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?