logo
२०८१ बैशाख ७ शुक्रवार



सामान्य वर्षामा राजविराज नगरका सडक जलमग्न

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |
प्रदेश |


सामान्य वर्षामा राजविराज नगरका सडक जलमग्न


धीरेन्द्रप्रसाद साह

राजविराज, फागुन १४ गते । सामान्य वर्षामा पनि राजविराजका मुख्य सडकहरु जलमग्न हुँदा सास्ती भोग्नु परेको छ । मंगलबार राती परेको सामान्य वर्षामा राजविराज नगरको मुटु मानिने गजेन्द्र चोक, अदालत रोड, सिरहा रोड, महाविर चोक, रुपनी बसस्टेण्ड लगायतका सडक जलमग्न बनेका छन् । वर्षौदेखि टुटफुट ती सडकहरुमा ठूलठूला खाल्डाखुल्डी नपुरिएकोले पानी जमेको छ । पानीको उचित निकास नभएका कारण सडकमै पानी जमेको हो ।

सामान्य वर्षाले सडकमा पानी जमेको देखेर स्थानीय सन्तोष दासले आश्चर्य व्यक्त गर्दै भन्नुभयो, ठूलो वर्षामा के होला ? गत वर्षपनि यस्तै अवस्था रहेको उहाँले यसको निकास नगरिए पोखरी बन्ने निश्चित रहेको बताउनुभयो ।

सडकमा पानी जमेको कारण सवारी साधन, पैदल यात्रु तथा वरपर रहेका पसलहरु समेतलाई समस्या भोग्नु परेको कपडा व्यवसायी संघका अध्यक्ष थानसिंह भन्सालीले बताउनुभयो । गत वर्षमा पनि यस्तै थियो, उहाँले भन्नुभयो, पटकरपटक नगरपालिका कार्यालयलाई ध्यानाकर्षण गराएपनि वेवास्त गर्दै आएको छ ।

यता सो सम्बन्धमा राजविराज नगर प्रमुख शम्भुप्रसाद यादवले चाडै सडकको स्तरोन्नती कार्य सुरु भएपछि पानीको निकास पनि पाउने बताउनुभयो । नगरका अधिकांश मुख्य सडकको अवस्था यस्तै रहेको भएपनि तत्काल मर्मत गरिने योजना नरहेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?