logo
२०८१ बैशाख ५ बुधवार



जर्मनीमा गोली प्रहारबाट आठको मृत्यु, पाँच घाइते

अन्तर्राष्ट्रिय |


जर्मनीमा गोली प्रहारबाट आठको मृत्यु, पाँच घाइते


एजेन्सी
काठमाडौं, फागुन ८ गते । पश्चिमी जर्मनीको एक शहरमा छुट्टाछुट्टै घटनामा बन्दूकधारीले गोली प्रहार गर्दा आठजनाको मृत्यु भएको छ । उक्त घटनामा अन्य पाँच जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
पश्चिमी जर्मनीको हनऊ शहरस्थित दुई बारमा उक्त घटना भएको हो । प्रहरीका अनुसार पहिलो घटना पश्चिमी जर्मनीको हनऊ शहरस्थित सिटी सेन्टरको एक बारमा स्थानीय समय अनुसार राति १० बजे भएको हो ।
स्थानीयलाई उद्धृत गर्दै बीबीसीले अर्को घटना हनऊकै केस्सलस्टाटको छिमेकमा भएको उल्लेख गरेको छ । पहिलो घटनामा अज्ञात बन्दूकधारीले तीनजनालाई शिशा बारमा गोली प्रहार गरेर फरार भएको जनाइएको छ । लगत्तै उक्त समूह अरेना बार एण्ड क्याफे पुगेर पाँचजनाको मृत्यु हुनेगरी गोली प्रहार गरेको बीबीसीले जनाएको छ ।
प्रहरीले गोली प्रहारपछि फरार भएका व्यक्तिहरुको खोजी कार्य तिब्र गरिएको जनाएको छ ।
उक्त घटनामै गोली लागेर अन्य पाँच जना घाइते भएका छन् । घटनापछि सामाजिक सञ्जालमा देखिएको भिडियोमा घटना लगत्तै कालो रङ्गको कार घटनास्थलबाट बाहिरिएको देखिन्छ । घटनाको उद्देश्य अस्पष्ट रहेको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?