logo
२०८० चैत्र ६ मंगलवार



कोरोना जीवाणुः वुहान अस्पतालका निर्देशकको मृत्यु

अन्तर्राष्ट्रिय |


कोरोना जीवाणुः वुहान अस्पतालका निर्देशकको मृत्यु


बेइजिङ, फागुन ५ गते । कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको वुहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ ।

गत वर्षको अन्त्यतिर वुहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक वुहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहनु भएको जनाएको छ । उहाँलाई बचाउन भरमग्दूर प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाई छ ।

उहाँ कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुनुहुन्छ । यही प्राणघातक जीवाणुका कारण उहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७१६ जना सङ्क्रमित भएका छन् ।

यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने वुहानकै नेत्ररोग विशेषज्ञ डा ली वेनलियाङको मृत्यु भएको थियो ।

वुहानका चिकित्सकहरूले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेको बताइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?