logo
२०८० चैत्र ६ मंगलवार



अवैध रुपमा सीमा पार गर्ने तीन हजार भन्दा बढी मेक्सिकोको जेलमा

अन्तर्राष्ट्रिय |


अवैध रुपमा सीमा पार गर्ने तीन हजार भन्दा बढी मेक्सिकोको जेलमा


मेक्सिको
फागुन ३ गते। मेक्सिकोको सीमा पार गर्ने तीन हजार जना भन्दा बढीलाई मेक्सिको जेलमा राखेको जनाएको छ । मेक्सिकोको दक्षिणी सीमा क्षेत्रबाट अवैध रुपमा सीमा पार गरिरहेको अवस्थामा ३ हजार ८० जना नागरिकलाई नियन्त्रणमा लिई थुनामा राखिएको जानकारी मेक्सिकोको सरकारले दिएको छ ।
ती नागरिक मेक्सिकोको दक्षिणी सीमा क्षेत्रबाट सीमा पार गरेर ग्वाटेमाला जाने तयारीमा रहेका थिए । मेक्सिकाली आप्रवासन कार्यालयले शुक्रबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको बताइएको छ । यसअघि ‘२०२० क्याराभान’ नामबाट होन्डुरसतर्फ जाने कार्यक्रम रहेको र सोही बमोजिम सयौँ व्यक्ति त्यसतर्फ छिरेका थिए । तर पनि मेक्सिकाली सरकारले त्यो अभियानमा उनीहरुमात्र नरहेको भन्दै दक्षिणी सीमाबाट पार गरिरहेका नागरिकलाई नियन्त्रणमा लिएको शुक्रबार जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?