logo
२०८१ बैशाख १३ बिहीवार



चीनमा एकदिनमै २४२ कोरोना भाइरस संक्रमितको मृत्यु

अन्तर्राष्ट्रिय |
स्वास्थ्य |


चीनमा एकदिनमै २४२ कोरोना भाइरस संक्रमितको मृत्यु


एजेन्सी
काठमाडौं, फागुन १ गते । चीनमा कोरोना भाइरसको संक्रमणले एकैदिन २४२ जनाको मृत्यु भएको छ । भाइरसको संक्रमण सुरु भए यता एकैदिन यति धेरै संख्यामा मृत्यु भएको पहिलोपटक हो । बीबीसीका अनुसार बुधबार मात्रै २४२ जनाको मृत्युसँगै १४ हजार ८४० जनामा संक्रमण फेला परेको छ । बुधबारसम्म मृत्यु हुनेको संख्या एक हजार ३५० पुगेको छ । जमा संक्रमितको संख्या ६० हजार पुगेको छ ।
कोरोना भाइरसको संक्रमणको सुरुवात भएको हुवे प्रान्तमा यसअघि पछिल्लो एक सातासम्म संक्रमणको दर स्थिर देखिएको थियो । तर बुधबार अचानक उक्त तथ्याङ्कमा वृद्धि भएको हो ।
चिनियाँ सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले हुवे प्रान्तका कम्युनिष्ट पार्टीका सेक्रेटरी जियाङ चाओलिङलाई हटाएर सांघाइ पार्टी प्रमुख यीङ योङलाई सेक्रेटरीको जिम्मेवारी दिइएको उल्लेख गरेको छ । हुवे प्रान्तको राजधानी वुहानका पार्टी प्रमुखलाई समेत जिम्मेवारीबाट मुक्त गरिएको छ । हुवे प्रान्तमा मात्रै जमा ४८ हजार २०६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । बाँकी चीनकै अन्य राज्यमा संक्रमण फेला परेकाको तथ्याङ्कमा समेटिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?