logo
२०८० चैत्र ६ मंगलवार



पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प

अन्तर्राष्ट्रिय |


पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प


सिड्नी, माघ २६ गते । पपुआ न्यु गिनीमा आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प निकै शक्तिशाली भए पनि कुनै सुनामीको चेतावनी दिइएको छैन ।

युएसजिएसका अनुसार पपुआ न्यु गिनीको राजधानीबाट करिब १२२ किलोमिटर दक्षिणस्थित कोकोपोलाई केन्द्र बनाएर स्थानीय समय अनुसार अपराह्न ४ बजे भूकम्प गएको थियो ।

अस्ट्रलियाली भूगर्भ वैज्ञानिक ट्रेभर आलेनले भूकम्पको गहिराई कम रहेकाले तटीय क्षेत्रका मानिसले भूकम्पको ठूलै झट्का महशुस गरेको हुन सक्ने बताउनुभयो ।

मानव बस्ती पातलो रहेको र घरहरुको बनावट भूकम्प प्रतिरोधी रहेकाले धनजनको क्षति कम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । पपुआ न्यु गिनी भूकम्पीय उच्च जोखिममा रहेको मुलुक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?