logo
२०८१ बैशाख १३ बिहीवार



भारतका लागि एस–४०० प्रतिरक्षा प्रणाली निर्माण शुरु – रुसी मन्त्री

अन्तर्राष्ट्रिय |


भारतका लागि एस–४०० प्रतिरक्षा प्रणाली निर्माण शुरु – रुसी मन्त्री


मस्को, माघ २१ गते । रसियाका उद्योग तथा बाणिज्य मन्त्री डेनिस मान्टुरोभले भारतका लागि अत्याधुनिक प्रविधिको एस–४०० प्रतिरक्षा प्रणाली निर्माण गर्न थालिएको जानकारी दिनुभएको छ ।
उहाँले रसिया र भारतबीच सम्पन्न सम्झौता अनुरुप अल्माज–आन्टे कम्पनीले उक्त उपकरणको उत्पादन शुरु गरेको र तोकिएकै मितिमा भारतलाई हस्तान्तरण गरिने बताउनुभयो ।
भारतले पाँच वटा एस–४०० प्रतिरक्षा प्रणालीका लागि रसियासँग ५ अर्ब ४३ करोड अमेरिकी डलरको सम्झौता गरेको थियो । मन्त्री मान्टुरोभले एस–४०० का लागि तालिम केन्द्र भारतमा निर्माण गर्न थालिएको पनि जानकारी दिनुभयो । रसियाले निर्माण गरेको यस अत्याधुनिक प्रतिरक्षा उपकरणलाई लिएर अमेरिकाले विशेष चासो दिने गरेको छ । टर्कीले यस्तै उपकरण खरिद गरेको भन्दै टर्की विरुद्ध अमेरिकाले सैनिक सहयोग र सहकार्य रोक्ने वा कटौती गर्ने चेतावनी दिइसकेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?