logo
२०८१ बैशाख १३ बिहीवार



तालिवानी लडाकूको आक्रमणबाट अफगानिस्तानमा १३ सुरक्षाकर्मीको मृत्यु

अन्तर्राष्ट्रिय |


तालिवानी लडाकूको आक्रमणबाट अफगानिस्तानमा १३ सुरक्षाकर्मीको मृत्यु


कुन्दुज, माघ १५ गते । 
तालिवानी विद्रोहीको आक्रमणमा परी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा कम्तीमा १२ सैनिक र एक प्रहरीको मृत्यु भएको प्रहरीले बुधबार जानकारी गराएको छ ।
“बुधबार बिहानको समयमा भएको आक्रमणमा तालिवान लडाकूको एक समूहले साना र ठूला हतियारको प्रयोग गरी आर्ची जिल्लाको सदरमुकाममा आक्रमण गरेका र घटनामा १२ सैनिक र एक प्रहरीको घटनास्थलमा नै मृत्यु भएको छ,” प्रान्तीय परिषद्का सफिउल्लाह अमिरीलाई उद्धृत गरी स्थानीय एरिआना न्यूज टेलिभिजनले बताएको छ ।
घटनामा आठ सैनिक र चार प्रहरी घाइते भएका र उनीहरूलाई उपचारका लागि पठाइएको छ । आर्चीका जिल्ला प्रमुख नसरूद्दिन नाजारी सादीले उक्त घटनामा १५ तालिवानी विद्रोहीको मृत्यु भएको र पाँच लडाकू घाइते भएका बताउनुभएको छ । भिडन्त करिब चार घण्टासम्म भएको बताइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?