logo
२०८१ बैशाख १३ बिहीवार



ब्रिटिश एयरवेजद्वारा चीनको ‘मैनल्याण्ड’को उडान स्थगित

अन्तर्राष्ट्रिय |


ब्रिटिश एयरवेजद्वारा चीनको ‘मैनल्याण्ड’को उडान स्थगित


एजेन्सी
काठमाडौं, माघ १५ गते । ब्रिटिश एयरवेजले चीनको मुख्यभूमी ‘मैनल्याण्ड’को आफ्नो जम्मै विमान स्थगित गरेको छ । हङकङ, मकाउ अतिरिक्तका मुख्य शहर सम्मिलित भूभाग मैनल्याण्ड अन्तगर्त पर्दछन् । कोरोना भाइरसको संक्रमणले ब्रिटिश एयरवेजले विमान स्थगित गरेको जनाएको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले हालसम्म एकसय जनाको मृत्यु भइसकेको छ । विश्वका करीब १६ राष्ट्रमा उक्त भाइरसको संक्रमण फैलिएको छ ।
भाइरस संक्रमणको उद्गम स्थल वुहान शहरबाट सर्यौं विदेशीलाई बाहिर निकालिएको छ । ब्रिटिश नागरिकलाई वुहान शहरबाट खाली गर्न छिट्ट्ै व्यवस्थापन गरिने बेलायत सरकारले जनाएको छ । वुहानमा करीब तीनसय ब्रिटिश नागरिक रहेको बीबीसीले जनाएको छ ।
अष्ट्रेलियाले भने आफ्नो नागरिकलाई दुई साताको लागि क्रिसमस टापूमा राख्ने योजना बनाएको छ । जुन वुहान शहरबाट करीब दुई हजार किलोमिटर टाढा छन् ।
जापान, अमेरिका र यूरोपेली राष्ट्रहरु भने आ आफ्नो नागरिकलाई स्वदेश फित्र्ता गराउँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?