logo
२०८० चैत्र १६ शुक्रवार



तालिबानको आक्रमणमा नौ प्रहरी मारिए

अन्तर्राष्ट्रिय |


तालिबानको आक्रमणमा नौ प्रहरी मारिए


पुल ए खुम्री
माघ १४ गते। अफगननिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको एक प्रहरी चौकीमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणमा परी कम्तीमा नौ प्रहरीको मृत्यु भएको छ । आक्रमणमा परी अन्य तीन जना बेपत्ता भएका स्थानीय अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।
प्रान्तीय राजधानी पुल ए खुम्रीको बाहिरी इलाकामा पर्ने बाघलानको समानगान राजमार्गको छेउमा पर्ने खज्जा अल्वानमा सुरक्षा चौकीमा तालिबान लडाकू समूहले सोमबार अबेर राती आक्रमण गरेका थिए । यो घटना तालिबान समूहले गराएका थिए । त्यसमा परी नौ जना प्रहरीको मृत्यु भएको र तीन अन्य बेपत्ता भएका प्रान्तीय अधिकारीले नाम नबताउने शर्तमा सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।
झडपमा लडाकू समूहका पनि केही सदस्य हताहत भएको स्रोतले बताएको छ । प्रान्तीय प्रहरीका प्रवक्ता जाविद बेशरतले राति भएको झडपको पुष्टि गर्नु भएको छ । तर पीडितको सही संख्या कति हो भन्ने बारेमा भने केही बताउनु भएको छैन । उहाँले सो घटनाको अनुसन्धान भइरहेको र थप विवरण पछि मात्र आउने बताउनु भएको छ ।
सन् २००१ को अन्त्यतिर शासनबाट हटेका तालिबान लडाकूहरुले अफगानिस्तानमा सुरक्षा अधिकारी र सर्वसाधारण नागरिकमाथि बारम्बार आक्रमण गर्दै आएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?