logo
२०८० चैत्र १६ शुक्रवार



इरानी बिमान सडकमा उत्रियो, सबै यात्रु सकुशल

अन्तर्राष्ट्रिय |


इरानी बिमान सडकमा उत्रियो, सबै यात्रु सकुशल


तेहरान,
माघ १३ गते । इरानी यात्रुबाहक बिमान बान्दर–ए–मासार बिमानस्थलमा सोमबार अवतरण गर्नेक्रममा उछिट्टिएर नजिककै सडकमा आकस्मिक अवतरण गरेको इरानी अधिकारीहरुले बताएका छन् । राज्य सञ्चालित टेलिभिजनले स्थानीय अधिकारीहरुको भनाई उद्धृत गर्दै बिमानमा सवार यात्रुसमेत चालक दलका सबै सदस्य सकुशल रहेको जनाएको छ ।
खुजेस्तान प्रान्तका नागरिक उड्डयन सेवाका प्रमुख मोहमड्रेजा रेजाइयाले बिमानका पाइलटले विमानस्थलमा बिमान ढिला अवतरण गराएका कारण बिमान अनियन्त्रित भएको बताउनुभएको छ । इरानको क्यास्पियन एयरलाइन्सको स्वामित्वमा रहेको म्याकडोनल डग्लस बिमान राजधानी तेहरानको मेहराबाद बिमानस्थलबाट उडेको थियो । बिमानमा १३५ जना यात्रु र चालक दलका सदस्य थिए । टेलिभिजनले बिमानका सबै यात्रु सुरक्षित रहेको जनाएको छ । बिमानमै यात्रारत टेलिभिजनका पत्रकारले सडकमा बिमान अबतरण गर्नेक्रममा बिमानका पाङ्ग्राहरु फुटेको बताए ।
इरानी नागरिक उड्डयन संस्थाले बिमान दुर्घटनाका बारेमा छानबिन शुरु गरिसकेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान बिरुद्ध आर्थिक नाकाबन्दी लगाएपछि विश्वका चर्चित बिमान कम्पनीहरु एयरबस र बोइङलाई आफ्ना जहाज इरानलाई बिक्री गर्न प्रतिबन्ध लागेको छ । प्रतिबन्धहरुका कारण इरानी हवाई सेवा असुरक्षित रहेको आरोप लाग्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?