logo
२०८० चैत्र १६ शुक्रवार



कोरोना भाइरस नियन्त्रण गर्न वुहानमा थप ५४० सैन्य स्वाथ्यकर्मी परिचालन

अन्तर्राष्ट्रिय |


कोरोना भाइरस नियन्त्रण गर्न वुहानमा थप ५४० सैन्य स्वाथ्यकर्मी परिचालन


वुहान,
माघ ११ गते । चीनबाट अन्य देशहरुमा पनि फैलिन थालेको कोरोना भाइरस नियन्त्रणका लागि थप स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ ।
अत्यन्त धेरै विरामीहरु रहेको वुहानमा ४५० चिनियाँ सैन्य स्वाथ्यकर्मीहरु ल्याइएको सरकारी अधिकारीहरुले जनाएका छन् । टोलीमा इबोला र यस्तै भाइरसको सङ्क्रमण नियन्त्रणका लागि अनुभवी व्यक्तिहरु पनि रहेका जनाइएको छ ।
उनीहरुलाई तीन समूह बनाएर खटाइएको छ । सैनिकको चिकित्सा विश्वविद्यालय, जल सेना र हवाई सेनाबाट टोली बनाएर खटाइएको हो । उनीहरु हवाई यातायातमार्फत् शुक्रबार राती वुहान आइपुगेका हुन् । स्वासप्रस्वास सम्वन्धी विज्ञ, सङ्क्रमण नियन्त्रण विज्ञ, सघन उपचार कक्षमा काम गर्नेहरु टोलीमा रहेका छन् ।
वुहानका अस्पतालहरुमा कोरोना भाइरसका विरामीहरुको भिड लागेको स्थानीय स्वास्थ्यकर्मीहरुले जनाएका छन् । ती विरामीहरु निमोनियाका पनि रहेका छन् ।
शनिबारसम्ममा १२ सय ८७ जना कोरोना भाइरसबाट संक्रमित भएको स्वास्थ्य अधिकारीहरुले घोषणा गरेका छन् । विरामी मध्ये २३७ जना गम्भीर अवस्थामा रहेका जनाइएको छ । कोरोनाका कारण अहिलेसम्म ४१ जनाको मृत्यु भएको राष्ट्रिय स्वास्थ्य आयोगले जनाइएको छ ।
संक्रमणलाई नियन्त्रण गर्न स्वयमसेवकहरु पनि परिचालन गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?