logo
२०८० चैत्र १५ बिहीवार



एमसीसी राष्ट्रिय हितमा छ : मन्त्री गुरुङ

राष्ट्रिय |


एमसीसी राष्ट्रिय हितमा छ : मन्त्री गुरुङ


डोटी समाचारदाता
डोटी माघ ५ गते । सँंघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बिभिन्न समुहवाट अहिले चर्चा गरिए जस्तो राष्टिय« हितको बिपरितमा नभएको बताउनु भएको छ । डोटी जिल्ला सदरमुकाम सिलगढीमा स्थापना भएको बाल सुधार गृह अनुगमन भ्रमणका क्रममा सञ्चारकर्मीहरु सँग संक्षिप्त कुराकानी गर्नु हुदै मन्त्री गुरुङले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्ष र बिपक्षमा बहस हुनु राम्रो भए पनि अनाआबश्यक हल्ला फिजार भ्रम सृजना गर्न खोज्नु राम्रो नभएको बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो,– “एमसीसीको विषयले संसदमा प्रवेश पाएपछि ब्यापक बहस, छलफल हुन्छ र यो प्रस्ताव संसदले सहजै अनुमोदन पनि गर्नु गर्छ ।”

नेकपा भित्रकै कतिपय नेताहरुले एमसीसीको बिरोध गरिरहेको बिषय सञ्चकर्मीको प्रश्नमा मन्त्री गुरुङले ब्यक्तिगत स्वार्थलाई राष्ट्रिय स्वार्थको नाम दिएर एमसीसीको बिरोध गर्ने काम भईरहेको जिकीर गर्नु भयो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा ब्याप्त छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिमको भ्रमणमा रहनु भएका मन्त्री गुरुङले फरक प्रसँगमा छाउपडी प्रथा कानुनतह अपराध भए पनि सामाजिक रुपमा समेत यसको समाधान खोज्नु पर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङको भन्नुभयो– “छाउपडी प्रथालाई कानुनी हिसावले अपराध घोषणा गरि सकिएको भए पनि सामाजिक मुल्य मान्यताको समेत ख्याल गरेर यसको समाधान खोज्नु पर्ने हुन्छ ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?