logo
२०८० चैत्र १६ शुक्रवार



घुम्नै पर्ने पनौती

पर्यटन |


घुम्नै पर्ने पनौती


मधुसुधन तिमल्सिना

पनौती , माघ ५ गते । पनौती नगरपालिकाले धार्मिक एवम् प्राचीन सहर पनौती घुम्न आह्वान गरेको छ । नेपाल भ्रमण बर्ष २०२० घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकलाई पनौती ल्याउने नगरले योजना नै बनाएको छ ।

काठमाडौंबाट ३२ किलोमिटर मात्र टाढा रहेको पनौती प्राचीन मन्दिरको नगरका रुपमा चिनिन्छ । पनौती नगरपालिका नगर प्रमुख भीम न्यौपानेले बाह्य तथा आन्तरिक पर्यटकले एक पटक पनौती घुम्नै पर्ने बताउनुभयो । ऐतिहासिक र प्राचीन मठमन्दिर रहेको नगर पनौती हो ।

नगरप्रमुख न्यौपानेले भन्नुभयो– यहाँका बाटा र पुराना गल्लीहरुमा काष्ठकला तथा प्रस्तरकला देख्न सकिन्छ । उहाँले नेपालमा अत्यन्तै प्रचलित पर्व–यमोरी पूर्णे– यहीबाट सुरुवात भएको , तीन वटा नदीहरु संगम त्रिवेणी रहेको (रोसी नदी, पुण्यमती नदी र सबैले देख्न नसक्ने लिलावती नदी) र १६ औँ सदाब्तीमा निर्मित ब्रह्मायणी मन्दिर, गाउँको प्रमुख देवीको रुपमा रहेकाले पनि पनौती घुम्नै पर्ने ठाउँ रहेको बताउनुभयो ।

पनौती आउन यातायातको पनि सहजता रहेकाले आन्तरिक र बाह्य पर्यटक आगमन बढ्ने नगरले अपेक्षा लिएको छ । पनौती नगरपालिका वडा न २ का वडा अध्यक्ष एवम् पर्यटन प्रबद्र्धन समितिका सयोजक पुरुषोत्तम अधिकारीले होमस्टे, रिर्सोट, होटलको राम्रो प्रबन्ध रहेको पनौतीमा आउन काठमाडौं रत्नपार्कबाट सार्वजनिक बस ५/५ मिनेटको फरकमा सञ्चालन हुने गरेकाले पनि आउन सहज हुने बताउनुभयो ।

उहाँले धार्मिक पर्यटनसँगै पनौतीमा पर्यावरणीय, साँस्कृतिक र साहसिक पर्यटनका लागि पनि उपयुक्त रहेको बताउनुभयो । कुल ११८ बर्ग किलोमिटरमा रहेको पनौती हाइकिङ्गका लागि उपयुक्त रहेको उहाँको भनाई थियो । पनौती–नमोबुद्ध हाइक, बल्थली इको–टे«क, साँगा–पनौती कम्युनिटी हाइक रहेका छन । त्यस्तै गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक, वर्ड बाचिङ्ग (चराको दृश्यावलोकन), तामाङ साँस्कृतिक पदयात्रा मार्ग र जात्रा–मेला अवलोकन भ्रमण गर्न सकिने जनाइएको छ ।

प्याराग्लाइडिङ्ग, रक क्लाइम्बिङ्ग पनि गर्न सकिने अधिकारीले जानकारी दिनुभयो । उहाँले कृषि पर्यटनसँग पर्यटकलाई जोड्न खोजेको बताउनुभयो । आलु खेती, धान, सुन्तला र दूध उत्पादानमा पर्यटकलाई जोड्न सकिने अधिकारीको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?