logo
२०८१ बैशाख १३ बिहीवार



दक्षिण कोरियामा गत वर्ष तीन लाख रोजगारी सृजना

अन्तर्राष्ट्रिय |


दक्षिण कोरियामा गत वर्ष तीन लाख रोजगारी सृजना


सोल,
माघ १ गते। दक्षिण कोरियामा गत वर्ष सन् २०१९ मा तीन लाखसम्म रोजगारी सृजना भएको पाइएको छ ।
अघिल्लो वर्षको तुलनामा यो संख्या तीन गुणा बढी भएको पनि बुधबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले देखाएको छ । तथ्याङ्कमा बेरोजगार दर भने ३.८ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

कोरियामा सन् २०१९ मा रोगजारमा आवद्धहरुको संख्या दुई करोड ७१ लाख २३ हजार रहेको थियो । सन् २०१९ मा रोजगारीको संख्यामा लगातार बृद्धि हुदै आएको समाचारमा जनाइएको छ । बेरोजगार भएकाहरुको संख्या भने सन् २०१९ मा कुल १० लाख ६३ हजार रहेको तथ्याङ्कमा देखाइएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?