logo
२०८१ बैशाख १३ बिहीवार



अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी महिना भारत भ्रमण गर्ने

अन्तर्राष्ट्रिय |


अमेरिकी राष्ट्रपति ट्रम्पले आगामी महिना भारत भ्रमण गर्ने


एजेन्सी
काठमाडौं, पुस २९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भए यता पहिलोपटक भारत भ्रमण गर्नुहुने भएको छ । भारत दशककै सबैभन्दा कमजोर आर्थिक वृद्धिबाट गुज्रिरहँदा अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणलाई महत्वपूर्ण रुपमा अथ्र्याइएको छ ।
आगामी साता वाशिंगटनमा महाभियोगको सामना गर्नुहुने राष्ट्रपति ट्रम्पले फेब्रुअरीमा भारत भ्रमण गर्नुहुने तालिकाबारे छलफल भइरहेको ब्लुमवर्ग एसियाले जनाएको छ । दुबै देशका अधिकारीहरुले भ्रमणका लागि उपयुक्त तिथिका लागि निरन्तर सम्वादमा रहेको जनाइएको छ ।
भ्रमणको क्रममा राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लामो समयदेखि स्थगित हुँदै आएको ब्यापार सम्झौतासँगै नागरिक उड्डयन सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ । सन् २००९ यता भारत सबैभन्दा कमजोर आर्थिक वृद्धिबाट गुज्रिरहदा अमेरिकासँग ब्यापार सम्झौताले महत्वपूर्ण स्थान पाउनेछ । भारतमा दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि नरेन्द्र मोदी नेतृत्वको सरकारको पछिल्ला निर्णयहरुले सामाजिक अस्थिरता निम्तिएको छ ।
गत् सेप्टेम्बर महिनामा भारतीय प्रधानमन्त्री मोदीले अमेरिकाको भ्रमण गर्नुभएको थियो । गत् वर्ष भारतले आफ्नो गणतन्त्र दिवसमा आतिथ्यताका लागि गरेको आग्रह राष्ट्रपति ट्रम्पले अस्वीकार गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?