logo
२०८१ बैशाख ८ शनिवार



चीनमा सडकको खाल्डोले बस निल्दा छ जनाको मृत्यु(भिडियो सहित)

अन्तर्राष्ट्रिय |


चीनमा सडकको खाल्डोले बस निल्दा छ जनाको मृत्यु(भिडियो सहित)


एजेन्सी
काठमाडौं, पुस २९ गते । चीनियाँ सडकको खाल्डोमा बस दुर्घटना हुँदा कम्तिमा छ जनाको मृत्यु भएको छ । मध्य चीनको सडकबीचमा रहेको खाल्डोले बससँगै पैदल यात्रुलाई निलेको बीबीसीले जनाएको छ ।
छिन्हाइ प्रान्ताको राजधानी सिनिङस्थित एक अस्पताल बाहिर रहेको खाल्डोमा पैदल यात्रुसँगै बस छिर्दा कम्तिमा छ जनाको मृत्यु र १६ जना घाइते भएका हुन् । सीसीटीभी फुटेजमा देखाइए अनुसार सोमबार साँझ बस र नजिक उभिएका ब्यक्ति भित्र खसे लगत्तै विष्फोट भएको थियो । बिगत् केही वर्ष यता चीनियाँ सडकमा खाल्डो बन्नु नियमित भएको बीबीसीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?