logo
२०८० चैत्र १६ शुक्रवार



अष्ट्रेलियामा इतिहासकै तातो दिन, साउथ वेल्समा संकटकाल घोषणा

अन्तर्राष्ट्रिय |


अष्ट्रेलियामा इतिहासकै तातो दिन, साउथ वेल्समा संकटकाल घोषणा


एजेन्सी
काठमाडौं, पुस ३ गते । अष्ट्रेलियामा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ । तापक्रम अहिलेसम्मकै उच्च भएपछि साउथ वेल्समा संकटकाल घोषणा गरिएको छ ।
अष्ट्रेलियामा मंगलबार अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको थियो । तर बुधबार अहिलेसम्मको जम्मै रेकर्ड भङ्ग गर्दै तापक्रम ४१.९ डिग्री सेल्सियस मापन गरिएको हो । मंगलबार तापक्रम ४०.९ डिग्री सेल्सियस मापन गरिएको थियो । यसअघि २०१३ मा अहिलेसम्मकै उच्च ४०.३ डिग्री सेल्सियस मापन गरिएको थियो।
गत् महिना मात्रै १०० स्थानमा डँढेलो लागेपछि साउथ वेल्सका अधिकारीहरु अझै उक्त प्रकोपको सामना गरिरहेका छन् । मौसम थप प्रतिकूल हुन सक्ने अनुमानपछि साउथ वेल्सका सरकार प्रमुख ग्लेडी बेरेजीक्लैनले सात दिने संकटकालको घोषणा गर्नुभएको छ । आगामी तीन दिनमा एडिलैड, मेलबर्नसहितका प्रमुख शहरको तापक्रम अझै बढ्ने अनुमान गरिएको छ ।

महिना दिनभित्र संकटकालको घोषणा गरिएको यो दोस्रो अवसर हो ।
तापक्रम उच्च भएपछि लाग्ने डँढेलोले गत् महिना पनि अष्ट्रेलियाले छजनाको मृत्युसँगै ठूलो क्षति बेहोर्नुपरेको थियो । करीब ५०० जनाले सिड्नीमा जलवायु परिवर्तनमा ठोस कार्यको माग गर्दै बुधबार प्रदर्शन गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?