logo
२०८१ बैशाख ८ शनिवार

   नयाँदिल्लीमा नागरिकता संशोधन कानूनकाे विराेध  



मोबाइल र इन्टरनेट काटियाे, १७ वटा रेलवे स्टेशन बन्द

अन्तर्राष्ट्रिय |


मोबाइल र इन्टरनेट काटियाे, १७ वटा रेलवे स्टेशन बन्द


एजेन्सी

काठमाडौं, पुस ३ गते । भारतको राजधानी नयाँ दिल्लीको केही स्थानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ । नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन तिब्र भएपछि दिल्लीमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको हो ।

नागरिकता संशोधन कानूनको विरोधमा पछिल्लो दुई सातादेखि भारतको विभिन्न प्रान्तमा विरोध प्रदर्शन हुँदै आएको छ । दिल्ली पुलिसले मोबाइल र इन्टरनेट सेवा प्रदायकलाई यसअघि सेवा बन्द गर्न पत्राचार गरेको थियो । त्यसैगरी, दिल्लीको १७ मेट्रो स्टेशन समेत बन्द गरिएको छ । दिल्ली मेट्रोका अनुसार बाराखंभा, बसंत बिहार, मंडी हाउस, उद्योग भवन लगायतको स्टेशन बन्द गरिएको हो । उक्त स्टेशनमा आवतजावत गर्ने ट्रेन रोक्न बन्द गरिएको छ ।

नागरिकता कानूनको विरोधमा बामपंथी पार्टी र मुश्लिम संगठनले बिहिबार भारत बन्दको आव्हान गरेको थियो । शान्तीपूर्ण प्रदर्शनमा उत्रिएका इतिहासकार राम गुहासहित योगेन्द्र राय, प्रशान्त भूषणलाई नियन्त्रणमा लिइएको छ ।

दिल्ली, उत्तर प्रदेश र कर्नाटकमा प्रदर्शनकारीलाई भेला हुन बन्देज लगाइएको छ ।

के छ नागरिकता कानूनमा ?

नागरिकता कानूनमा गरिएको संशोधन बमोजिम छिमेकी राष्ट्रबाट शरण लिन आउने हिन्दू, जैन, बौद्ध, सिख, पारसी र इसाई समुदायको ब्यक्तिलाई भारतीय नागरिकता दिने ब्यवस्था गरिएको छ । डिसेम्बर पहिलो साता उक्त विधेयक दुबै सदनबाट पारित भएसँगै कानूनको रुप लिइसकेको छ ।

भारतको पूर्वोत्तर राज्यमा बङ्गलादेशसहित अन्य राष्ट्रहरुबाट हिन्दूसँगै मुश्लिम समुदाय पछि अवैध रुपले बस्दै आएका छन् । उक्त कानूनले मुश्लिमलाई दोस्रो दर्जा दिइएको र कानूनमा नसमेटिएको तर्कसहित बामपंथी दल र मुश्लिम संगठन विरोध जनाउँदै आएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले आफ्नो पहिलो कार्यकालकै अन्त्यतिर उक्त विधेयक लोकसभामा प्रस्तुत गरेको थियो । जुन जनवरी ८ मा पारित भयो । तर पूर्वोत्तर राज्यमा ब्यापक विरोध सुरु भएपछि उक्त विधेयक राज्यसभामा प्रस्तुत गरिएन । भारतीय प्रधानमन्त्री मोदीको पहिलो कार्यकाल समाप्त भएसँगै राज्यसभाबाट पारित हुन नसक्दा उक्त विधेयक स्वतः खारेज भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?