logo
२०८० चैत्र १६ शुक्रवार



पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |
फिचर |


पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफलाई मृत्युदण्डको फैसला


एजेन्सी
काठमाडौं, पुस १ गते । पाकिस्तानको एक अदालतले पूर्वराष्ट्रपति एवम् पूर्व सैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ । नोभेम्बर ३, २००७ मा संकटकाल घोषणा गर्नुभएको मुद्दामा उहाँलाई दोषी ठहर गरिएको हो ।
पेशावर उच्च अदालतका मुख्य न्यायाधीश सम्मिलित तीन सदस्यीय इजलासले मुशर्रफलाई देशद्रोहको मुद्दामा दोषी ठहर गरेको हो । बीबीसीका अनुसार मुद्दाको फैसलाको क्रममा दुईजना न्यायधीश अदालतको पक्षमा हुँदा अर्का एकजनाले मृत्युदण्डको फैसलामा असहमति जनाउनुभएको थियाे ।
सन् २०१३ देखि उक्त मुद्दा विचाराधीन थियो । १९९९ मा सेनाको सहयोगमा सत्ता हातमा लिएका मुशर्रफ वर्ष २००१ देखि २००८ सम्म पाकिस्तानको राष्ट्रपति हुनुभयो । मुशर्रफ हाल यूएईमा हुनुहुन्छ । उपचारका लागि बाहिर जानुपर्ने देखिएपछि अदालतले उहाँलाई सन् २०१६ मा विदेश जाने अनुमति दिएको थियो । आफ्नो कार्यकाल थप्न सन्र २००७ मा उहाँले संविधान निलम्बन गर्नुहुँदै संकटकाल घोषणा गर्नुभएको थियो । उक्त मुद्दाको सुनुवाइमा अदालतले आदेश गरेको हो । पाकिस्तानको संविधानको अवज्ञा गरेको आरोपमा अदालतमा मुद्दा खेप्ने  मुशर्रफ पहिलो सैन्य शासक हुनुहुन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?