logo
२०८० चैत्र १५ बिहीवार



चिलीमा सैनिक बेपत्ता, खोजी तथा उद्धारमा राष्ट्रपति पनि सहभागी   

अन्तर्राष्ट्रिय |


चिलीमा सैनिक बेपत्ता, खोजी तथा उद्धारमा राष्ट्रपति पनि सहभागी   


सान्टियागो, मङ्सिर २४ गते । चालक दलका सदस्य सहित ३८ जना सवार चिलीको सैनिक बिमानसँग सोमबार “रेडियो सञ्चार” सम्पर्क विच्छेद भएको सेनाले जनाएको छ । चिलीको वायुसेनाका अनुसार “अन्टार्कटिका हवाई अखडा”का लागि चिलीको दक्षिणी क्षेत्रबाट उडान भरेको केही क्षणमै बिमानसँग सञ्चार सम्पर्क विच्छेद भएको थियो ।    
    
यसमा सवार व्यक्तिमध्ये १७ जना चालक दलका सदस्य र अन्य २१ यात्रु थिए । चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले “निराशा” मिश्रित एक ट्विटमा आफू गृहमन्त्री गोन्जालो ब्लूमेलसँगै पुन्ता एरेनास जाने बताउनुभएको छ । त्यहाँ रक्षा मन्त्री अल्बर्टो एस्पिनासँग खोज र उद्धार अभियानको अनुगमन गर्ने कार्यक्रम तय भएको राष्ट्रपति पिनेराले बताउनुभएको छ ।    
    
वायुसेनाको विज्ञप्तिमा सी–१३० हर्कुलस बिमान स्थानीय समय अनुसार अपराह्न ४.५५ बजे पुन्ता एरिनासबाट उड्नासाथ सञ्चार सम्पर्क विच्छेद भएको जनाएको छ ।    
    
वायुसेनाले साँझ ६.१३ बजे “सतर्कताको अवस्था” घोषणा गरी अरु विमान र चिली नौसेनाका जहाजहरूका साथ खोज तथा उद्धार अभियान सुरू गरेको थियो ।    
    
चार इञ्जिनयुक्त उक्त विमान राजधानी सन्तियागोबाट करिब एक हजार ८७३ किलोमिटर दक्षिणस्थित पुन्ता एरेनासबाट उडेको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?