logo
२०८१ बैशाख ७ शुक्रवार



भारतमा बलात्कारका चार आरोपी इन्काउन्टरमा मारिए

अन्तर्राष्ट्रिय |


भारतमा बलात्कारका चार आरोपी इन्काउन्टरमा मारिए


हैदरावाद, मंङसिर २० गते । भारतको लेलङनामा गत हप्ता एक २६ वर्षीया भेटनरी डाक्टरमाथि सामूहिक बलात्कार गरी हत्या गरेको अरोपमा न्यायिक हिरासतमा रहेका चारै जना अरोपी प्रहरी इन्काउन्टरमा मारिएका छन् ।
भारतीय प्रहरीले सो इन्काउन्टर गए राती भारतीय समय ३.३० बजे भएको र चारै जनामा मारिएको पुष्टि गरेको छ । प्रहरीले ब्याङलुर हैदरवावाद राष्ट्रिय राजमार्गको छतनपली गाउँका पुल मुनी जहाँ बलात्कारको घटना भएको थियो सोही स्थानमा सो इन्काउन्टर भएको जनाएको छ
सो बलात्कारमा संलग्न चारै जनालाई उक्त घटना कसरी भएको थियो भन्नेबारे जानकारी लिन रातको समयमा सो स्थानमा लगिएको र उनीहरूले प्रहरी माथि आक्रमण गरे पछि उक्त इन्काउण्टर भएको प्रहरीले बताएको छ ।
भारतमा सो बलात्कार घटना पछि उनीहरूलाई तत्काल फाँसी दिनु पर्ने आवाज उठेको थियो । जनस्तरमा उक्त घटना पछि चर्को असन्तुष्टी कायम रहेका बेला सो इनकाउण्टर भएको हो । भारतीय संसदमा बोल्दै सांसद तथा पूर्व नायिका जया बचनले बलात्कारीलाई भीडले पिटेर मार्नु पर्ने बताउनु भएको थियो ।
भारतमा गत वर्षको बालात्कारको तथयाङ्क हेर्दा दैनिक सरदर ९३ जना महिला बलात्कारको शिकार हुने गरका छन् । (स्रोत हिन्दुस्तान टाइम्स्)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?