logo
२०८० चैत्र १६ शुक्रवार

....परदेश परिचय....



होन्डुरस

अन्तर्राष्ट्रिय |


होन्डुरस


होन्डुरस मध्ये अमेरिकामा पर्ने एक देश हो । यो देशको सरकारी नाम होन्डुरस जमोरिया हो । सन् १५०२ मा अमेरिकाका क्रिस्टोफर कोलम्बसले यो देश पत्ता लगाएका थिए । स्पेनिस भाषामा होन्डुरसको अर्थ गहिराइ भन्ने बुझिन्छ ।
होन्डरसको सबैभन्दा ठूलो सहर राजधानी टेगुसिगाल्पा हो । यहाँ राष्ट्रपति जुआन ओर्लान्डोले शासन गरिरहेका छन् । यो देश क्यारिबियन सागर र फोन्सेका खाडीको सिमानासहित मध्य अमेरिकामा अवस्थित छ ।
होन्डुरसलाई संसारको सबैभन्दा खतरनाक देश पनि मानिन्छ । यहाँ हरेक पन्ध्रदेखि तीस मिनेटबीचमा एक जना मान्छे मारिने गर्छ । यो देश मानव विकास सूचकाङ्कमा पनि १८८औँ स्थानमा छ । विश्वको सबभन्दा पुरानो घडी होन्डुरसको कोमायागुआमा हो । यसैले पनि विश्वमा होन्डुरसको नाम खोजिने गर्छ ।
क्याथलिक यहाँको मुख्य धर्म हो । होन्डुरस पहिला स्पेन र पछि मेक्सिकन सम्राज्यबाट स्वतन्त्र भएको देश हो । यी दुवै देशबाट स्वतन्त्र भएपछि मध्य अमेरिकाको सङ्घीय गणराज्यवाट सन् १८३८ मा होन्डुरस देशका रूपमा घोषणा गरिएको हो । यसैले होन्डुरसमा स्पेनिस भाषा नै आधिकारिक भाषा
हो । मध्य अमेरिकाको संयुक्त देशहरूको हिस्सा भएपछि होन्डुरस स्वतन्त्र गणतन्त्रात्मक राज्य भनेर चिनिएको हो । यसपछि यहाँ नियमित निर्वाचन हँुदै आएको छ । यहाँका ५० प्रतिशतभन्दा बढी मानिस गरिबीको रेखामुनि रहेका छन् भने अत्यधिक
बेरोजगारी छ । सन् १९९८ मा यहाँ आएको ठूलो तुफानका कारण यहाँको भौतिक पूर्वाधारसहित कृषि क्षेत्रमा पनि ठूलो नोक्सानी भयो । धेरैपछि मात्र यहाँ कृषिजन्य उत्पादनलगायत चिनी, कफी र कपडाको मुख्य उद्योग तथा कलकारखानाहरू बढ्दै गयो । होन्डुरसमा प्राकृतिक सुन्दरता झल्किने धेरै स्थान छन् । यहाँको समुद्रमा नीलो, माछा, ह्वेल र डल्फिन पाइन्छ । यहाँ उत्पादित सामानहरू अन्य देशम पनि निर्यात हुने गर्छ । यो देशको झन्डामा रहेका पाँचवटा ताराले मध्य अमेरिको प्रतिनिधित्व गर्दछ । मुना डेस्क  

मुना मङ्सिर २०७६

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?