logo
२०८१ बैशाख ८ शनिवार



दुई सैन्य हेलिकप्टर जुद्घदा १३ फ्रान्सेली सैनिकको मृत्यु

अन्तर्राष्ट्रिय |


दुई सैन्य हेलिकप्टर जुद्घदा १३ फ्रान्सेली सैनिकको मृत्यु


एजेन्सी
काठमाडौं, मङ्सिर १० गते । मालीमा सैन्य जहाज ठोक्किदा १३ जना फ्रान्सेली सैनिकको मृत्यु भएको छ । जिहादी समूह विरुद्ध ‘अपरेशन’ सञ्चालनको क्रममा दुई सैन्य जहाज ठोक्किदा दशक यता फ्रान्सले ठूलो क्षति बेहोर्नुपरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुका अनुसार फ्रान्सेली राष्ट्रपति इमान्युल मैक्रोनले घटनाले स्तब्ध भएको प्रतिक्रिया दिनुहुँदै दुख ब्यक्त गर्नुभएको छ । इस्लामिक समूहले उत्तरी मालीको अधिकांश क्षेत्र नियन्त्रणमा लिएपछि सन् २०१३ मा फ्रान्सले हजारौंको संख्यामा सैन्य परिचालन गरेको थियो ।
मालीको सेनाले उक्त क्षेत्रमा पुर्ननियन्त्रण गरेपनि उक्त क्षेत्रमा असुरक्षा बढ्दै गएको थियो । फ्रान्सले माली, मौरिसेनिया, नाइजर, बुर्किना फासो र चाडमा इस्लामिक समूह विरुद्ध चार हजार पाँच सय सैन्य परिचालन गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?