logo
२०८१ बैशाख १२ बुधवार



अल्बानियामा भूकम्प-छको मृत्यु, १५० घाइते

अन्तर्राष्ट्रिय |


अल्बानियामा भूकम्प-छको मृत्यु, १५० घाइते


तिरान, मङ्सिर १० गते । अल्बानीयामा मङ्गलबार बिहान आएको भूकम्पमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ ।
भूकम्पका कारण अरु १५० भन्दा बढी घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । उक्त भूकम्प ६.४ म्याग्नीच्युडको भएको जनाइएको छ ।
मृत्यु भएका मध्ये एक जनाले कुरबिनस्थित एक घरको पाँच तला माथीबाट हामफालेको एक सैन्य अधिकारीले बताएका छन् । अर्का एक महिला र एक पुरुषको शव देशको राजधानी तिरानको उत्तरी क्षेत्रमा पर्ने थुमानमा भेटिएको थियो ।
घाइते भएकाहरुको भने विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य मन्त्री ओगेर्टा मानास्तेर्लिले जानकारी दिनुभयो । उनीहरुको राजधानी तिरान र अर्को डुर्रेसमा उपचार भइरहेको हो । घटनास्थलमा खोजी तथा उद्धारको काम भइरहेकाले मृत्यु हुने र घाइते हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले अनुमान गरेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?