logo
२०८० चैत्र १६ शुक्रवार



किन भवन अगाडि पहाड बनाउँछन् कोरियाली नागरिक ?

अन्तर्राष्ट्रिय |
बिज्ञान |


किन भवन अगाडि पहाड बनाउँछन् कोरियाली नागरिक ?


सिऊलको एक भब्य अपार्टमेन्टबाहिर चट्टानी पहाडमा सल्लाका रुखहरु घनारुपमा रोपिएका छन् । जुन दक्षिण कोरियाको दोदम्साम्बङ पहाड समान नै देखिन्छ । तर वास्तविक आकारमा भने दोदम्साम्बङ पहाडको केही अंश मात्रै हो ।
सौन्दर्यीकरणको उक्त अभ्यासलाई ‘जिन्ग्योङ संशु’ भनिन्छ । दक्षिण कोरियाको सुप्रसिद्व पहाडको सानो आकारमा पुर्नबनावट गरी गगनचुम्बी भवन, शहर छेऊको एकान्त घर वरिपरि राख्नु सामान्य हो ।
घर जग्गा ब्यापार गर्नेलाई मानव निर्मित उक्त पहाडको निर्माणले घरको बाहिरी सौन्दर्य बढाई आकर्षक मूल्य पाउन अपनाइने उपाय हो । कतिपय सर्वसधारणले अगाडिको ढोकामै यस्तो दृश्यको उपस्थिति प्राकृतिक बासस्थान रहेको विश्वास गर्छन् ।
सिऊलमा बस्नुहुने फोटोग्राफर सेङगु किम २०११ यता यस्ता अपरंपरागत् बनावटको तस्वीर लिनुभएको छ । करीब एक दशक अघि उहाँले ३० वटा यस्ता अपार्टमेन्ट अगाडिको छाडा चट्टान र रुखले ढाकेको पहाडको फोटो लिनुभयो ।
बीसभन्दा बढी भवन निर्माण स्थलको अवलोकनको क्रममा सेङगुले देशको सबैभन्दा चर्चित पहाडको जन्मको साक्षी बस्नुभएको छ । कामदारले सबैभन्दा पहिला स्वरुप तयार गर्छन् । त्यसपछि यसलाई माटोले भरिन्छ । र फूल तथा रुख बिरुवा रोप्ने कार्य गरिन्छ । यस्ता बनावटलाई प्रत्येक पहाडले प्रवाह गर्ने सकारात्मक ऊर्जालाई ध्यानमा राखेर त्यसमा आकृतिहरु कुँदाइन्छ ।


“यो एक कृत्रिम आकृति मात्रै हैन, तर नयाँ वातावरण पनि हो । जसले दर्शन र परम्परालाई जोडेको छ ।”, उहाँ भन्नुहुन्छ । र २० मिटर अग्लो सजावटी स्वरुप दिन कम्तिमा बीस लाख रुपियाँ खर्चिनुपर्ने हुन्छ ।
कोरियाली महाद्वीपको करीब ७० प्रतिशत भू भाग पहाडले ढाकेको छ । जुन कोरियाली पहिचानको अभिन्न अङग हो । पौराणिक कथा अनुसार कोरियाको उत्पत्ति तैबैक पहाड क्षेत्रबाट सुरु भएको विश्वास गरिन्छ ।
कोरियाली कथाकारहरुका अनुसार हवान–ऊङग स्वर्गबाट आउनुभयो । आउने बित्तिकै महिला बन्ने चाहना बोकेकि एक भालुसित उहाँको साक्षात्कार भयो । हवान–ऊङगले उक्त भालुलाई एकसय दिनसम्म गुफाभित्र लसुन खाएर बस्न भन्नुभयो । त्यसले काम गर्यो । र उक्त महिलाले त्यसपछि हवान–ऊङगसँग विवाह गर्दा दाङगुनको जन्म भयो । जसले २३३३ बीसीमा कोरियाको अविष्कार गर्नुभयो ।


धेरैले उक्त कथालाई पौराणिक नै मान्छन् । तर उत्तर कोरियाली पुरातत्वविद्हरुले तैबैक पहाड फेदमा दाङगुनको अवशेष फेला पारेको दाबी गर्दै आएका छन् । जुन उत्तर कोरियाली राजधानी प्योङयाङ नजिकै पर्छ । सन् १९९४ मा दाङगुनको समाधी समेत निर्माण गरियो ।
आज, तैबैक पहाडको दुबैतिर दक्षिण र उत्तर कोरियाली सीमाले भाग्य र किस्मत ल्याउने विश्वास गरिन्छ । र प्रत्येक वर्ष अक्टोबर ३ तारेखलाई दुबै राष्ट्रले दाङगुनले स्वर्ग प्राप्त गरेको दिनको रुपमा कोरिया स्थापनाको दिन मनाउँदै आएका छन् ।
पहाडले भाग्य बनाउने आस्थाबाट प्रेरित भएर नै अझै कोरियालीहरु आफ्नो घर अगाडि पहाडको स्वरुप बनाउन लाखौं खर्चिदै आएका छन् ।


सीएनएनबाट अनुवादित

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?