logo
२०८० चैत्र १५ बिहीवार



फ्रान्सेली राष्ट्रपति म्याक्रोन चीन जाने

अन्तर्राष्ट्रिय |


फ्रान्सेली राष्ट्रपति म्याक्रोन चीन जाने


बेइजिङ
कात्तिक १३ गते । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन चीनको भ्रमणमा जानुहुने भएको छ ।
उहाँ चीनका राष्ट्रपति सि चिनफिङको निमन्त्रणामा अगामी नोभेम्बर ४ देखि ६ सम्म चीनको भ्रमणमा जान लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयिङ्ले बुधबार बताउनु भएको छ ।

चीनको राजधानी बेइजिङमा आयोजना हुन लागेको दोस्रो चीन अन्तर्राष्ट्रिय आयात मेलाको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम पनि रहेको राजधानी बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ । त्यस भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सि फ्रान्सका राष्ट्रपति म्यार्कोनबीच भेटवार्ता पनि हुने बताइएको छ । सो भेटका क्रममा दुई देश बीचको आपसी सम्बन्ध बढाउनेलगायत क्षेत्रीय र अन्तराष्ट्रिय मुद्धाहरुको विषयमा समेत छलफल हुने अनुमान गरिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?