logo
२०८० चैत्र १६ शुक्रवार



दक्षिणी सुडानमा बाढीका कारण दुई लाख मानिस विस्थापित

अन्तर्राष्ट्रिय |


दक्षिणी सुडानमा बाढीका कारण दुई लाख मानिस विस्थापित


जुबा
कात्तिक २ गते ।
दक्षिणी सुुडानमा आएको भिषण बाढीबाट कम्तीमा पनि २ लाख नागरिक विस्थापित हुनुपरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । दक्षिणी सुडानका उत्तरपूर्वी क्षेत्रमा अकस्मात रुपमा आएकोे बाढीमा परी ती नागरिक विस्थापित हुनुपरेको बताइएको हो । नाइल नदीको किनारातिर रहेको बस्तीका नागरिक बढी प्रभावित भएको सुरक्षाअधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुमध्ये कतिपयलाई सुरक्षित स्थान खोजेर सारिएको छ भने अधिकांश आफै भागेर सो क्षेत्रमा पुगेका छन् ।त्यसैगरी सुरक्षित स्थानतर्फ भाग्नेमा अधिकांश सुडानबाट आएका शरणार्थीहरु रहेका छन् । संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सुडानी शरणार्थीहरुको शिविर नै बाढीको चपेटामा परेकोले उनीहरु त्यहाँबाट भाग्न बाध्य भएका बताइएको छ ।

नदीको पानी बस्तीमा पसेको छ । बाटो घाटो विग्रिएको छ भने शरणार्थीहरुका छोराछोरी पढ्ने विद्यालय पनि पानीले भरिएको छ । बाढीले अन्य भौतिक संरचनाहरुका साथै खानेपानी, बिजुली, अस्पतालजस्ता आधारभूत सुविधाहरुको संरचनाहरु पनि भत्काइदिएको बताइएको छ ।
अस्पतालमा नै पानी पसेपछि नागरिकको स्वास्थ्य सुविधा अवरुद्ध भएको छ । जसका कारण घाइतेको उपचारको काम पनि हुन नसकेको बताइएको छ । इथियोपियाको सीमा क्षेत्रबाट आएको बाढीले यहाँका नदीहरुको सतह बढ्न पुगेको छ । मौसम विज्ञासम्बन्धी अधिकारीहरुले अकस्मातको पानीले धेरै क्षति पुयाएको र अझै केही समय वर्षात नरोकिने बताएका छन् ।

सुडान सन् २०१३ देखि द्धन्द्धको चपेटामा परिरहेको छ । युद्धका कारण विस्थापित भएका सुडानका करिब ३ लाख शरणार्थी दक्षिणी सुडानमा बस्दै आएका छन् ।
त्यसैगरी जारी द्धन्द्धका कारण पनि करिब १५ लाख नागरिक आन्तरिक रुपमा विस्थापित भएर शरणार्थीको रुपमा जीवन व्यतित गरी आएका पनि राष्ट्रसंघीय शरणार्थी आयोगले जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?