logo
२०८१ बैशाख १३ बिहीवार



सिकागोमा गोली चल्दा चारजनाकाे मृत्यु   

अन्तर्राष्ट्रिय |


सिकागोमा गोली चल्दा चारजनाकाे मृत्यु   


     
सिकागो, असोज २६ गते ।  संयुक्त राज्य अमेरिकाको सिकागोको उत्तरपश्चिम क्षेत्रमा एक अपार्टमेन्टमा गोली चल्दा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ ।     
    
विगत १५ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका एक जना ६७ वर्षीय निर्माण मजदूरले त्यही अपार्टमेन्टमा रहेका व्यक्तिमाथि शनिबार राति गोली चलाएका थिए । मारिएकाहरुमा तीन जना पुरुष र एक महिला थिइन् ।    
    
मारिएका व्यक्तिहरु आफ्नो कोठामा खाना खाइरहेका बखत ती मजदूर जबर्जस्ती भित्र पसेर गोली चलाएको प्रहरीले बताएको छ ।    
    
प्रहरीले ती शंकास्पद व्यक्तिलाई पक्राउ गर्नुका साथै उनीसँग रहेको हतियार बरामद गरेको छ । गोली चलाउनुको कारण थाहा हुन सकेको छैन ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?