logo
२०८० चैत्र ६ मंगलवार



चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतमा   

अन्तर्राष्ट्रिय |


चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतमा   


   
चेन्नाई, असोज २४ गते । चीनका राष्ट्रपति सी चिनफिङ भारत भ्रमणका सन्दर्भमा शुक्रबार अपराह्न चेन्नाई आइपुग्नुभएको छ ।

उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर बैठकका लागि चेन्नाई आउनुभएको हो ।    
    
बैठकका क्रममा दुबै नेताबीच दीर्घकालीन र रणनीतिक महत्व राख्ने द्विपक्षीय सम्बन्धका सबै विषयमा गम्भीर विचारविमर्श हुनेछ ।    
    
चेन्नाई भारतीय राज्य तमिलनाडुको प्रान्तीय राजधानी हो । तमिलनाडु दक्षिण भारतकै प्रमुख सांस्कृतिक, आर्थिक तथा शैक्षिक केन्द्र पनि हो ।

राष्ट्रपति सीको चेन्नाईमा भव्य स्वागत गरिएको थियो ।    
    
भारत भ्रमणपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबारदेखि नेपालको दुई दिने भ्रमण गर्नु हुनेछ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?