logo
२०८१ बैशाख ७ शुक्रवार


गोरखापत्र अनलाइन
काठमाडौं, असोज २२ गते । टर्कीले लामो समयदेखि योजना बनाउँदै आएको कुर्दिश सैन्यविरुद्धको हमलाको लागि तयार भएको बताएसँगै सिरियासँगको सीमाक्षेत्रमा आफ्नो सैन्य संख्या बढाएको छ ।
उत्तरपूर्वी सिरियाबाट अमेरिकी फौज फिर्ताभएसँगै टर्कीले दर्जनौँ बख्तरबन्द सैन्य गाडी त्यता तैनाथ गराएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फौज फिर्ता ल्याउने निर्णयको बचाउ गर्दै कुर्दिसहरूलाई नत्यागेको दाबी गर्नुभएको छ ।
उहाँको विवादास्पद निर्णयका कारण अमेरिकालगायत अन्य मुलुकमा आलोचना भएको बताइएको छ ।
टर्कीले कुर्दिश मिलिसियालाई आतंकवादी मान्छ भने ती मिलिसिया सिरियामा इस्लामिक स्टेट आइएस समूहविरुद्ध लडेको अमेरिकी समर्थित एसडिएफको मुख्य समूह हो ।
यता, कुर्दिश सैन्य फौजले राष्ट्रपति ट्रम्पको निर्णय धोकापूर्ण भन्दै प्रतिक्रिया दिएका छन् ।
आइएसलाई पराजित गर्न अमेरिकालाई सहयोग गरेका ती फौजले ‘पीठमा छुरा’ प्रहार गरिएको बताएका छन् ।



कुर्दिश सैन्यविरुद्धको हमलाको लागि टर्की तयार

अन्तर्राष्ट्रिय |


कुर्दिश सैन्यविरुद्धको हमलाको लागि टर्की तयार



गोरखापत्र अनलाइन
काठमाडौं, असोज २२ गते । टर्कीले लामो समयदेखि योजना बनाउँदै आएको कुर्दिश सैन्यविरुद्धको हमलाको लागि तयार भएको बताएसँगै सिरियासँगको सीमाक्षेत्रमा आफ्नो सैन्य संख्या बढाएको छ ।
उत्तरपूर्वी सिरियाबाट अमेरिकी फौज फिर्ताभएसँगै टर्कीले दर्जनौँ बख्तरबन्द सैन्य गाडी त्यता तैनाथ गराएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फौज फिर्ता ल्याउने निर्णयको बचाउ गर्दै कुर्दिसहरूलाई नत्यागेको दाबी गर्नुभएको छ ।

उहाँको विवादास्पद निर्णयका कारण अमेरिकालगायत अन्य मुलुकमा आलोचना भएको बताइएको छ ।

टर्कीले कुर्दिश मिलिसियालाई आतंकवादी मान्छ भने ती मिलिसिया सिरियामा इस्लामिक स्टेट आइएस समूहविरुद्ध लडेको अमेरिकी समर्थित एसडिएफको मुख्य समूह हो ।

यता, कुर्दिश सैन्य फौजले राष्ट्रपति ट्रम्पको निर्णय धोकापूर्ण भन्दै प्रतिक्रिया दिएका छन् ।

आइएसलाई पराजित गर्न अमेरिकालाई सहयोग गरेका ती फौजले ‘पीठमा छुरा’ प्रहार गरिएको बताएका छन् । बीबीसीकाे सहयोगमा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?