logo
२०८० चैत्र १६ शुक्रवार



लिबियामा हवाई सत्र आइएस लडाकू मारिए 

अन्तर्राष्ट्रिय |


लिबियामा हवाई सत्र आइएस लडाकू मारिए 


   
त्रिपोली, असोज ११ गते । अमेरिकी अफ्रिकी कमाण्ड (अफ्रिकम) ले लिबियामा इस्लामिक स्टेट्स (आइएस) लडाकूबिरुद्ध गरेको हवाई कारबाहीमा परी लिबियामा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।    

अफ्रिकमले शुक्रबार दिएको जानकारी अनुसार देशको उत्तरपश्चिमी क्षेत्रमा आक्रमण भएको र मारिएका सवै इस्लामिक स्टेट्स (आइएस) लडाकूहरु रहेका छन् ।    
    
अमेरिकी सहयोग रहेको लिबियाली सरकारको समर्थकमा सो कारबाही भएको र ती लडाकूहरु मारिएका समाचारमा जनाइएको छ ।     
    
“आइएस लडाकूविरुद्धको अभियान चलिरहेकै अवस्थामा यो घटना भएको जनाइएको छ । आतङ्कवादीहरुको सञ्जाललाई हामीले लक्षित गरेका छौँ,” अफ्रिकमले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।    
वक्तव्यमा थप लेखिएको छ, “हामीले यस्तो आक्रमणलाई निरन्तरता दिन्छौँ, लिबियाका र अन्य यस क्षेत्रका आतङ्कवादीका विरुद्धमा पनि हाम्रो अभियान जारी छ ।”    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?