logo
२०८० चैत्र १५ बिहीवार



यौन दुर्व्यबहारको आरोपमा भारतीय पूर्वमन्त्री  पक्राउ   

अन्तर्राष्ट्रिय |


यौन  दुर्व्यबहारको आरोपमा भारतीय पूर्वमन्त्री  पक्राउ   



शाहजाहनपुर, असोज ३ गते । युवतीलाई यौन दुर्व्यबहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ ।    
    
भारतीय जनता पार्टीका नेता स्वामी चिनमायानन्दलाई उत्तर प्रदेशकी एक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको हो ।    
    
“चिनमायानन्दलाई उहाँकै घरबाट पक्राउ गरिएको छ, उहाँको स्वास्थ्य अवस्था गम्भीर छ,” चिनमायानन्दका वकिल पूजा सिंहले भन्नुभयो ।    
    
“उहाँलाई अहिले चिकित्सकको निगरानीमा राखिएको थियो । म उहाँको वकिल भएपनि मलाई उहाँसँग भेट्न दिइएको छैन ।”    
    
पक्राउ गरेपछि चिनमायानन्दलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । “उहाँलाई नियमितरूपमा स्वास्थ्य परीक्षणका लागि ल्याउने गरिएको छ,” एक चिकित्सकले भने ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?