logo
२०८१ बैशाख १३ बिहीवार



आणविक उर्जा केन्द्र खारेज गर्ने जापानका वातावरण मन्त्रीको भनाई   

अन्तर्राष्ट्रिय |


आणविक उर्जा केन्द्र खारेज गर्ने जापानका वातावरण मन्त्रीको भनाई   


टोकियो, भदौ २६ गते ।  जापानका नव नियुक्ति वातावरण मन्त्री शिन्जिरो कोइजुमीले जापानका आणविक उर्जा केन्द्रहरु खारेज गर्ने धारणा राख्नुभएको छ ।    
    
जापानका प्रधानमन्त्री शिन्जो आबेले बुधबार गर्नुभएको मन्त्रिपरिषद हेरफेरपछि उहाँ वातावरण मन्त्रीमा नियुक्ति हुनुभएको थियो । ३८ वर्षीय शिन्जिरो पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुनुहन्छ ।    
    
शिन्जिरो दोस्रो विश्वयुद्धको अन्त्य भएदेखि जापानको मन्त्रिपरिषदमा नियुक्त भएका तेस्रो कान्छो मन्त्री हुनुहुन्छ । बुधवार राती गरेको एक सम्बोधनको क्रममा उहाँंले जापानका आणविक उर्जा उत्पादन केन्द्रहरु खारेज गर्नेतर्फ आफ्नो धारणा राख्नुभएको हो ।    
    
आणविक उर्जाको बारेमा सरकारले गरेको योजनाको बारेमा पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा उहाँले आणविक उर्जा केन्द्रको खारेजीको प्रसंग उल्लेख गर्नुभएको हो ।    
    
देशमा सन् २०११ मा आणविक दुर्घटना भइसकेको र अब हुन नदिने पनि उहाँले बताउनुभयो । यदि यी केन्द्रहरुलाई राखियो भने हामी ध्वस्त हुनेछौँ, उहाँले भन्नुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?