logo
२०८१ बैशाख ७ शुक्रवार



मध्यावधि निर्वाचन गराउने प्रधानमन्त्री जोन्सनको दोस्रो प्रस्ताव बिफल  

अन्तर्राष्ट्रिय |


मध्यावधि निर्वाचन गराउने प्रधानमन्त्री जोन्सनको दोस्रो प्रस्ताव बिफल  


  
लण्डन, भदौ २४ गते । संसदको कार्यावधि बाँकी हुँदै मध्यावधि निर्वाचन गराउने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको प्रस्तावलाई सांसदहरूले दोस्रो पटक बिफल पारिदिएका छन् ।     
    
प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटको वर्तमान गतिरोध अन्त्यका लागि मध्यावधि निर्वाचन नै एकमात्र विकल्प रहेको भन्दै संसदमा मतदानका लागि प्रस्ताव गर्नुभएको थियो ।    
    
सरकारले प्रस्तुत गरेको प्रस्तावको पक्षमा २९३ जना सांसदले मतदान गरेका थिए । हाउस अफ कमन्सका ६ सय ५० सदस्यमा उक्त प्रस्ताव पारित हुन कम्तीमा ४०० सांसदले पक्षमा मतदान गर्नु आवश्यक रहेको थियो ।    
    
संसद् निलम्बन गर्नुअघि संसदमा भएको बहसमा बिना कुनै सहमति युरोपेली संघबाट बाहिरिने बेलायतको योजनालाई रोक्ने कानुनी प्रावधानलाई सरकारले कार्यान्वयनमा ल्याउनुपर्ने माग विपक्षी दलका सांसदले गरेका थिए ।    
    
प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अक्टोबर ३१ तारिखमा युरोपेली संघबाट बिना सम्झौता बाहिरिने शर्त राख्नु भएको थियो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?