logo
२०८१ बैशाख ७ शुक्रवार



जापानमा भारी वर्षापछि दुई जनाको मृत्यु, छ लाख सत्तरी हजार सुरक्षित स्थानतर्फ

अन्तर्राष्ट्रिय |


जापानमा भारी वर्षापछि दुई जनाको मृत्यु, छ लाख सत्तरी हजार सुरक्षित स्थानतर्फ


टोकियो, भदौ ११ गते । दक्षिणपश्चिम जापानमा भारी वर्षापछि दुई व्यक्तिको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।

सो भारी वर्षाको कारण बाढी र पहिरोको चेतावनीसँगै ६ लाख ७० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

जापानको क्युशु प्रान्तको उत्तरीे भागमा पर्ने माथिल्लो स्थानमा सरकारले उच्च सर्तकताको चेतावनी दिनुको साथै सो क्षेत्रहरुबाट करिब दश लाख मानिसहरूलाई सो स्थान छोड्न सल्लाह दिइएको छ ।
सरकारी अधिकारीहरूले दुई व्यक्तिको मृत्युको पुष्टि गरेका छन् । पश्चिमी सागा प्रान्तमा कारसहित बगाइएको एक व्यक्ति शव फेला परेको थियो । फुकुओका प्रान्तमा एक कारबाट भाग्न खोज्दा भीषण बाढीमा फसेर अर्को एक व्यक्तिको मृत्यु भएको थियो ।

यद्यपी सरकारका प्रवक्ता योशिहिडे सुगाका अनुसार तेस्रो व्यक्तिको पनि भीषण वर्षाबाट हृदयघातको कारण मृत्यु भएको छ । चिकित्सकद्वारा यस मृत्युको पुष्टि भए तापनि सरकारले पुष्टि गरेको छैन् ।
बाढी, पहिरो र घरहरु डुबानमा परेको बाढीको कारण विभिन्न क्षेत्रहरु क्षति विवरण प्राप्त भएको भयता पनि अझै बढी क्षतिको सम्भावना रहेको सुगा बताउनु भएको छ ।

स्थानीय अधिकारीहरु त्यहाँका बासिन्दाहरूको अवस्थालाई ध्यान राखेर सो स्थान छोड्न सल्लाह दिएका छन् सरकारीको चेतावनीपछि आफ्नु घरवास छोड्नेहरुको लागि सरकारी आश्रयहरु उपलब्ध रहेको पनि सुगाले बताउनु भएको छ ।

अग्नी नियन्त्रण र प्रकोप व्यवस्थापन विभागका अनुसार यसअघि नै सागा र नागासाकी क्षेत्रहरुमा बाढीबाट घरहरु बगाएको विवरण प्राप्त भइसकेको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?