logo
२०८१ बैशाख ८ शनिवार



भारतीय पूर्ववित्तमन्त्री अरुण जेट्लीको निधन

अन्तर्राष्ट्रिय |


भारतीय पूर्ववित्तमन्त्री अरुण जेट्लीको निधन


गाेरखापत्र अनलाइन
काठमाडौं, भदाै ७ गते । भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा पूर्ववित्तमन्त्री तथा अरुण जेट्लीको शनिबार नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइसेन्स (एआईआईएमएस) निधन भएको छ ।

भारतीय लोकसभायका सांसद पनि रहनुभएका जेट्लीलाई श्वासप्रश्वासको समस्या भएपछि  अगष्ट ९ तारिखमा भर्ना  गिरएकाे थियो ।  उहाँ ६६ वर्षको हुनुहुन्छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रधानमन्त्री मोदीका राजनीतिक विचारलाई उकास्न दिवगंत नेता जेट्लीले चाणक्यको भूमिका खेल्नुभएको थियो ।
‘भारतीय समय अनुसार १२ बजेर ७ मिनेट जाँदा श्री अरुण जेट्लीको निधन भएको खबर सुनाउँदा हामीलाई सा¥है दुःख लागेको छ ।’ एआईआईएमएसद्वारा जारी गरिएको शोक विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

मृगौलो प्रत्यारोपण गर्नुभएका जेट्ली क्यान्सरका बिरामी पनि हुनुहुन्थ्यो । जेट्लीलाई छ महिना अघि नै जाँचको लागि एआईआईएमएसमा भर्ना गरिएको थियो । जेट्लीको सफ्ट टिस्यु क्यान्सरको उपचार भइरहेको थियो । उनी यससम्बन्धी रोगको उपचारको लागि गत जनवरी १३ मा न्युयोर्क जानुभएको थियो भने फेब्रुअरीमा फर्किनुभएको थियो । अमेरिकामा उपचार गरेर फर्किएपछि जेट्लीले ‘घर आएपछि खुसी छु’ भन्दै ट्वीट पनि गर्नुभएको थियो ।

नेता जेट्लीको निधनमा भारतीय गृहमन्त्री अमित शाहले दुःख व्यक्त गर्नुहुँदै ‘मैले सिनियर पार्टी लिडरलाई मात्र गुमाएको छैन, मैले त्यो अभिभावकलाई गुमाएँ जसले मलाई राम्रो दिशातर्फ गाइड गरिरहन्थे’, उनले ट्वीटमा यस्तो उल्लेख गर्नुभएको छ ।

मे २०१९ मा उनले मोदीलाई भनेका थिए कि ‘अब म नयाँ सरकारमा हिस्सा लिन सक्दिनँ।’ त्यसपछि स्वयम् घरमा गएर भेटेका थिए।
दुबईमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवंगत नेता जेट्लीकी श्रीमती र छोरासँग फोनमार्फत् निधनले दुःख लागेको र समवेदना प्रकट गर्नुभएको भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?