काठमाडौं, भदौ १० गते । त्रिपुरेश्वरमा रहेको राहदानी विभागले अण्डरग्राउण्डमा रहेको होल्डिङ एरियामा सेवाग्राहीका लागि पार्किङ खुला गर्ने भएको छ ।
शुक्रबार विभागले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएको हो । काठमाडौं महानगरपालिकाले आज बेसमेन्ट खाली गरेपछि विभागले आइतबारदेखि उक्त स्थानमा सेवाग्राहीका लागि पार्किङ स्थलका खुला गर्ने जनाएको हो ।
आइतबारबाट बेसमेन्ट खुला गर्ने जानकारी दिँदै विभागले बाहिर सडकमा पार्किङ नगर्न र कार्यालयमा सेवाग्राही मात्रै आउन अनुरोध गरेको छ ।