• ८ मंसिर २०८१, शनिबार

नेकपा एसद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता

blog

पार्टीले दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बुझाउँदै नेकपा (एस) का सांसदहरु।

धीरेन्द्र प्रसाद साह 

जनकपुर, जेठ २२ गते । मधेश प्रदेश सरकारको सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीले मंगलबार साँझ सरकारबाट बाहिरिएको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। सो पार्टीका दुई जना मन्त्रीले पदबाट राजीनामा दिनु भएको छ ।

सरकारबाट नेकपा (एस) का संसदीय दलका नेता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायातमन्त्री बेचु लुंगेलीले पदबाट राजीनामा दिनुभएको हो ।

मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामापत्र बुझाउनु भएको छ। मुख्यमन्त्री यादवले बुधबार जेठ २३ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ ।