• ८ मंसिर २०८१, शनिबार

सन्दर्भ : विश्व धूमपान दिवस

धूमपानरहित नेपाल

blog

कुनै पनि एकल रोगभन्दा बढी मृत्युकारक रोग निम्त्याउने पदार्थ धूमपान हो । यसले २५ किसिमका विभिन्न रोग प्रत्यक्ष किसिमले र विभिन्न दुई तिहाइजति क्यान्सर बनाउँछ । सुर्ती सेवनले असर नपार्ने शरीरको कुनै पनि अङ्ग, तन्तु छैन । सुर्तीजन्य पदार्थले अल्पकालीन तथा दीर्घकालीन गरी थुप्रै रोग लगाउँछ । 

धूमपानमा हुने प्राणघातक रसायनले शरीरको प्रतिरक्षात्मक प्रणालीलाई कमजोर बनाउँछन्, जसबाट शरीरमा विभिन्न रोग लाग्ने सम्भावना बढेर जान्छ । प्रतिरक्षा प्रणाली कमजोर भएकै कारण कपाल झर्ने, मुखमा घाउखटिरा हुने, तालु खुइलिने, हातमा पाप्रा आउने रोग लुपस इरिथ्रिमेटोसस, निको पार्न गाह्रो हुने तथा बारम्बार बल्झिरहने पेटको अल्सर, छाला पत्रिँदै फुस्रिने छालाको नसर्ने रोग सोराइसिस, क्षयरोग, निमोनिया जस्ता रोग लाग्छन् । यसले खेलाडीमा चाँडै थाक्ने र स्टामिना घटाउँछ । ३० वर्षको धूमपानकर्ता र ४२ वर्षको धूमपान नगर्नेले १६ किलोमिटर बराबर समयमा पुरा गर्छन् । एक खिल्ली चुरोट प्रतिदिन खानाले ४० सेकेन्ड दौड्ने क्षमता कम गराउँदै लगेको वैज्ञानिक पुष्टि पनि छ ।

सुर्तीमा भएको निकोटिनले अम्मली बनाउनुका साथै मस्तिष्क र स्नायुमा पुगी रिँगटा लाग्ने, कम निद्रा लाग्ने, सुत्दा निद्रा नलाग्ने र मस्तिष्क शिथिल बनाउँछ । दाँत बिग्रने, औँलाहरू र नङ पहेँलो हुने, कालो हुने, रक्तनली र भल्भबहरूमा निकोटिन जम्दै जाँदा साघुरिएर मुटुसम्बन्धी रोग, थोम्ब्रोएन्जाइटिस अवलिटरेनस, बर्गर रोग, हृदयाघात, मस्तिष्कघात, कान पाक्ने, श्रवणशक्ति कम हुने, बहिरो हुने, पक्षाघात, स्नायु, नसा र धमनी सुन्निने, कपाल, लुगा फोहोर हुने आदि बनाउँछ ।

चुरोटमा हुने कार्बनमोनोअक्साइड ग्यासले रगतको अक्सिजन बोक्ने क्षमतालाई १५ प्रतिशतले बाधा पु¥याइ हाड कमजोर हुने, घाउ निको हुन लाग्ने समय ८० प्रतिशतले बढ्ने, पाँच गुणा बढी ढाड दुख्ने सम्भावना, दम बढ्ने, दीर्घखोकी, पीपयुक्त खकार तथा खोक्न र श्वास फेर्न कठिन बनाउँछ । मोतियाबिन्दु पनि धूमपानले बनाउन सक्छ भन्ने ४० प्रतिशतभन्दा बढी धूमपानीमा आँखाको दृश्यशक्तिलाई कमजोर पार्दै नदेख्ने बनाएकोबाट प्रमाणित भएको छ । धूमपानको धुवाँले आँखालाई पीडा तथा संवेदनशील बनाएर र फोक्सोबाट रगत हुँदै आँखामा पुग्ने सुर्तीका रसायनले रेटिनाको मध्यभागमा क्षति पु¥याउँछ । 

धूमपानले छालालाई चुस्त बनाउने भिटामिन ए को शोषणमा अवरोध गर्छ र रक्तसञ्चारलाई नियन्त्रण गर्ने तथा प्रोटिनको नास गर्छ, त्यसैले धूमपानीमा बुढ्यौली लाग्नु अगावै छाला चाउरी पर्ने, ओठ र आँखाको छेउको छालामा फुस्रो, सानो सानो मुजा पर्ने समस्या देखिन्छ । मुटुसम्बन्धी रोग उब्जाउने प्रमुख कारण धूमपान हो, जसका कारण विकासोन्मुख मुलुकमा १० लाखभन्दा बढी र विकसित मुलुकमा छ लाखभन्दा बढी व्यक्ति मर्ने गरेका छन् । मुटुको धड्कन तीव्र पार्ने, रक्तचाप बढाउने, उच्च रक्तचापको सम्भावना हुने, हृदयाघातको कारण बन्न सक्छ धूमपान ।

धूमपान र क्यान्सर

धूमपानमा भएका करिब ६० वटा क्यान्सर लगाउन सक्ने तìव, कार्सिनोजनहरूले शरीरका विभिन्न अङ्गप्रत्यङ्गमा क्यान्सर लगाउन सक्छन् । सामान्य व्यक्तिलाई भन्दा धूमपानको अम्मलीलाई दुई गुणा बढी छालाको क्यान्सर, मेलानोमा, पाठेघर, स्तन तथा मूत्रथैलीको क्यान्सर, २२ गुणा बढी फोक्सोको क्यान्सर, दुई गुणा बढी जिब्रोको क्यान्सर, ६–२७ गुणा बढी मुख, ¥याल ग्रन्थी र श्वासनलीको क्यान्सर, १२ गुणा बढी घाँटीको क्यान्सर हुन्छ । ८–१० गुणा बढी भोजन नलीको क्यान्सर, १०–१८ गुणा बढी भोजन नलीको क्यान्सर, २–३ गुणा बढी आमाशयको क्यान्सर, पाँच गुणा बढी मिर्गौलाको क्यान्सर, २/५ गुणा बढी प्यान्व्रिmयाजको क्यान्सर, तीन गुणा बढी आन्द्राको तथा ५÷६ गुणा बढी गुदद्वारको क्यान्सर हुने सम्भावना रहन्छ । जसले बढी मात्रामा र बढी समयसम्म र बढी निकोटिन, टार तथा कार्सिनोजन भएका सुर्ती सेवन गरिरहेको हुन्छ, उसलाई विभिन्न खाले क्यान्सर हुने सम्भावना त्यही अनुपातमा बढ्ने गर्छ । 

ई सिगरेट (भेप)

जीवनको कुनै पनि बिन्दुमा ई सिगरेट र भेप पिएका व्यक्तिलाई हृदयाघातको जोखिम १९ प्रतिशतले बढी देखिने एक लाख ७० हजार बढी संलग्न र ४५ महिनासम्म फलो अप एक ठुलो अमेरिकन अध्ययनले देखाएको छ । ग्लोबल एडल्ट टोबाको सर्भेक्षणले 

ई सिगरेट प्रयोगकर्ताको सङ्ख्या कुल जनसङ्ख्याको ०.०२ प्रतिशत छ । वार्षिक ३२ लाख थान र ३२ अर्ब बराबरको व्यापार भइरहेको छ । बजारमा १० देखि १३ हजारसम्म पर्नै यो डिभाइस हानिका साथै धेरै बिदेसिने र भित्रिनेमा पनि ठगी भइरहेको थियो । एक करोड व्यक्तिले एक अर्ब रुपियाँ धुवाँमा उडाउँछन् । ई चुरोट लत छाडने यन्त्र होइन, यसले प्रयोगकर्ताको स्वास्थ्य, परिवार र समाजमा खतरा निम्ताइरहेको छ । 

बजेटबाट वैधानिकता दिइँदै 

निर्देशिकामा निषेध गर्ने नै लेखिएको तथा सर्वाेच्चले कार्यान्वयन गर्नका लागि क्लिन चिट दिएको ई चुरोटलाई बजेटमा कर बढाउने भनी बाचन गरियो । एक महिना पहिले अर्थात् वैशाख १७ गते मात्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्राालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले १० वर्ष पहिलेको निर्देशिका कार्यान्वयन गर्न, ई चुरोट आयात गर्न नमिल्ने भन्दै अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराएको थियो । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते प्रस्तुत गरेको बजेट र त्यसलगत्तै आएको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयकमा विद्युतीय चुरोट भेपमा ४० प्रतिशत कर लगाउने उल्लेख छ ।

सार्वजनिक स्थलमा धूमपान

धूमपान गर्ने व्यक्तिले फालेको धुवाँ हावामा उसको वरपर रहेको व्यक्तिले लिनुलाई निष्क्रिय धूमपान भनिन्छ । चुरोटबाट निस्कने धुवाँमध्ये २५ प्रतिशत धूमपान गर्ने व्यक्तिले लिन्छ र ७५ प्रतिशत हावामा फ्याल्ने गर्छ जुन निष्क्रिय धूमपान कर्ताले सेवन गर्छन् । हावामा फालिएको धुवाँमा धूमपान गर्ने व्यक्तिले तानेको धुवाँमा भन्दा दुई गुणा निकोटिन, तीन गुणा कार्बन टार, पाँच गुणाभन्दा बढी कार्बन मोनोअक्साइड र ५० गुणाभन्दा बढी क्यान्सरजन्य रसायन हुन्छन् । फलस्वरूप निष्क्रिय धूमपानकर्ता पनि धूमपानसम्बन्धी थुप्रै प्राणघातक रोग लाग्ने जोखिममा रहन्छन् । निष्क्रिय धूमपानले गर्भको शिशुदेखि वृद्धवृद्धा सबैलाई असर पार्छ । 

 एक खिल्ली चुरोट करिब १२ मिनेटसम्म बल्छ भने चुरोट पिउनेले एक मिनटमा दुई सर्को मात्र तान्छ र त्यसैमा पनि बाहिर हावामा फ्याँक्छ जसले गर्दा वरपरका सबै व्यक्तिले आफ्नो इच्छाविपरीत र अन्जानमा निरन्तर धुवाँ सेवन गर्न पुग्छन् र सक्रियसरह हानिको भागेदार हुन्छन् । धूमपानको धुवाँमा २०० भन्दा बढी विषालु र ५० भन्दा बढी क्यान्सरका रसायन पाइन्छन् । चुरोट खाने व्यक्तिसँगै बस्नेलाई समेत फोक्सोको क्यान्सर हुने सम्भावना ३० प्रतिशत बढी हुने तथ्याङ्कले देखाएको छ । त्यसै गरी चुरोटको धुवाँले वयस्कलगायत बालबालिकामा समेत दम, ब्रोङकाइटिस, निमोनिया, श्वासप्रश्वासको अन्य सङ्क्रमण र कानको सङ्क्रमण बहिरोपना गराउँछ । बालकहरू ख्याउटे, स्वाँ–स्वाँ गरिरहने, कान पाक्ने, कान नसुन्ने, सुकुटे हुनुका साथै सक्रिय धूमपानकर्तामा झैँ अन्य रोग देखिन्छन् ।

 धूमपानले स्वास्थ्यमा प्रतिकूल असर पार्छ नै त्यति मात्र नभई आर्थिक, सामाजिक, पारिवारिक र वातावरणीय दृष्टिकोणले पनि ठुलो नोक्सानी पु¥याउँछ । सुर्ती रोपेदेखि सुर्तीजन्य पदार्थ उत्पादन गर्ने क्रममा कैयौँ कामदार अम्मली बन्छन्, जसबाट अम्मली व्यक्तिको खर्च बढी परिवारका लागि आवश्यक गाँस, बास र कपासको व्यवस्थापनमा असर पार्छ र कलह निम्त्याउँछ । फलस्वरूप सामाजिक कुसंस्कारमा फस्छन् । सुर्तीजन्य पदार्थले कम्पनीलाई मुनाफा, राष्ट्रलाई राजस्व दिन्छ तर अम्मली तथा उसका साथी, परिवार, समाजलाई केवल कष्टकर प्राणघातक रोग र मृत्यु मात्र दिन्छ ।

 नागरिकलाई अस्वस्थ बनाउने कुनै पनि उद्योग चलाएर राजस्व सङ्कलनको लोभ राख्नु आत्मघाती कदम त हो नै त्यो राजस्वभन्दा बढी १४ अर्ब रुपियाँ गरी कुल ४७ अर्ब उत्पन्न रोग उपचारमा खर्च गर्नु अविवेकी निर्णय पनि हो । उत्पादित क्यान्सरका बिरामीलाई मासिक पाँच हजार समेत भत्ता दिन्छ । 

 समस्या समाधानमा सहयोग पु¥याउन सुर्ती सेवनबाट उत्पन्न जटिलता, खतरा, सुर्ती एवं चुरोट उत्पादक कम्पनीहरूको व्यापारिक नीति तथा सुर्ती मन्दविष र कडा लागुपदार्थ हेरोइन, कोकिनको प्रवेशद्वार भएको बारे आमनागरिकलाई जानकारी गराई सुर्ती सेवन निरुत्साहित पार्नु पर्छ । अहिलेको डरलाग्दो अवस्थालाई कम गर्न वा निर्मूल गर्न विश्व स्वास्थ्य सङ्गठनद्वारा हरेक वर्ष झैँ यस वर्ष पनि मे ३१ मा ‘सुर्ती उद्योगको प्रभावबाट बालबालिकालाई बचाऔँ’ भन्ने नाराका साथ मनाइँदै छ । एकातिर बालबालिका, स्कुले छात्रछात्रामा लत बस्न नदिनु हो भने अर्कोतिर लत बसिसकेकालाई लत छोडाउनु तथा रोगीलाई उपचार गर्नु पनि हो । तैपनि उपचार गर्न अम्मल हटाउनुभन्दा लत लाग्न नदिनु नै श्रेयष्कर हुन्छ जुन कुरा जनचेतना र उपलब्धतामा बन्देजबाट मात्र सम्भव हुन्छ । कानुनतः ई सिगरेट प्रतिबन्ध लागिसकेको वर्तमान अवस्थामा बहुरूपी मन्दविष सुर्तीका सबै प्रकार र रूपलाई बन्देज गरी नेपाललाई सुर्तीरहित मुलुक बनाउन हामी सबै अग्रसर हुन जरुरी छ ।

  

Author

डा. प्रकाश बुढाथोकी