सरकारलाई टेर्दैनन् कर्मचारी, आर्थिक कारोबार ठप्प
लेखाका कर्मचारी नहुँदा रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको आर्थिक कारोबार ठप्प भएको छ । लेखा शाखामा कर्मचारी नहुँदा गाउँपालिकाको विकास खर्चको भुक्तानीदेखि दीर्घरोगीले नियमित रूपमा पाउने आर्थिक सुविधासमेत पाउन सकेका छैनन् । लेखा शाखामा कर्मचारी नहुँदा गाउँपालिकाले सञ्चालन गरेका विकास आयोजनाको भुक्तानी, क्यान्सर, मिर्गौलाको डायलासिस गराइरहेका बिरामी, मेरुदण्ड पक्षाघात भएका बिरामीले राज्यबाट नियमित रूपमा पाउने रकम र कर्मचारीको तलब भत्तासमेत विगत आठ महिनादेखि रोकिएको छ ।
भूकम्पग्रस्त क्षेत्रमा कुपोषणको जोखिम
गत कात्तिक १७ गते जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण प्रभावित जिल्लाका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । विशेष गरी अति प्रभावित जिल्ला जाजरकोट, रुकुमपश्चिमका साथ सल्यान जिल्लाका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम बढेको हो ।
कर्णालीको पानी धारामा पुर्याउन सुरु
कैलालीको लम्कीमा कर्णाली नदीको पानीलाई लिफ्टको माध्यमबाट तानेर शुद्ध खानेपानी घर घरमा पु्र्याउने उद्देश्यसाथ खानेपानी आयोजनाको काम सुरु भएको छ । आयोजनाले पूर्णता पाएपछि लम्कीचुहा नगरपालिकाका करिब १३ हजार घरधुरीका उपभोक्ताले शुद्ध खानेपानी उपभोग गर्न पाउने छन् । लम्कीचुहाको लगानीमा खानेपानी तथा सरसफाइ आयोजनाको शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शिलान्यास गर्नुभयो ।
सडक दुर्घटनामा एकको मृत्यु
झापाको मेचीनगरमा दुर्घटनामा परेर एक जना महिलाको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते हुनु भएको छ । शनिवार बेलुका मेचीनगर नगरपालिका वडा नं. ५ मा घैलाडुब्बाबाट नकलबन्दातर्फ जाँदै गरेको मे ११ प ५७६५ नम्वरको सेतो कलरको बुलेट मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
मुस्ताङमा वैकल्पिक पदमार्ग पहिचान
पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिनुभयो ।
बस र ट्याक्सी ठोक्किदा पाँच जना घाइते
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा रात्रिबसको ठक्करबाट ट्याक्सीमा सवार चालकसहित पाँच जना घाइते भएका छन् । शनिवार राति ९ः४० बजेको समयमा भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको बा प्र ०३–००१ ख २३१४ नम्बरको बस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ज ७०२९ नम्बरको ट्याक्सी एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइराखेको प्रहरीले जानकारी दिएको छ । बस, ट्याक्सी र ट्याक्सी
कृषकलाई ‘सुनको हलो’ फुस्सा
२०७८ साल असार १५ गते कर्णाली प्रदेश सरकारका तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने कृषकलाई हरेक वर्ष ‘सुनको हलो’ प्रदान गर्ने घोषणा गर्नुभयो । राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने क्रममा कृषकका माझमा उहाँले घोषणा गरेको ‘लोकप्रिय कार्यक्रम’ अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन । न कृषकले सरकारबाट उपहारमा सुनको हलो पाए, न त अहिले सरकारले नै उक्त निर्णय कार्यान्वयनका लागि चासो दिएको छ । वीरेन्द्रनगर नगरपालिका–३ का कृषक श्याम पुरी ‘बेल पाक्यो, कागलाई हर्ष न विस्मात’ भनेजस्तै भएको बताउनुहुन्छ । हचुवाका भरमा गरिने यस्ता घोषणा र निर्णयले बरु कृषकलाई झन् निराश बनाउने गरेको छ । सरकारले हचुवाको भरमा कार्यक्रम ल्याउँदा कार्यान्वयनमा चुनौती हुने गरेको उहाँको बुझाइ छ । यस्ता कार्यक्रमले किसानलाई प्रोत्साहन नभई हतोत्साही बनाइरहेको उहाँले बताउनुभयो ।
अवकाश कोषको व्यवस्था
देशमा तीन तहका सरकार क्रियाशील छन् । लामो समय केन्द्रीकृत शासन व्यवस्था चलेको र त्यसले सबै वर्ग, क्षेत्र, भूगोल, लिङ्ग, जातजाति र समुदायको समान विकास हुन नसकेकै कारण २०७२ को संविधानले देशलाई सङ्घीय संरचनामा लगेको हो । गाउँघरमै सिंहदरबारका नामले बढी परिचित स्थानीय तहले नागरिकलाई घरनजिकै सेवा प्रवाह गरिरहेका छन् । स्थानीय तहका सेवा प्रवाहका निम्ति आवधिक निर्वाचनका आधारमा निर्वाचित जनप्रतिनिधिको नेतृत्व रहने गरेको छ । जनप्रतिनिधिको नेतृत्व
तीन दशकपछि तरेगणामै पुन : हाटबजार सञ्चालन हुँदा किसान खुसी
आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आउनुभएको थियो । लहान नगरपालिका–१६ तरेगणाका उहाँलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको दूरी हप्तामा दुईपटक दुःख, कष्टले धाउनु नियमित कर्मजस्तै बनेको थियो ।
अब उत्पादन र निर्माण
नेपालमा सत्ता परिवर्तन सँगसँगै आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको आवश्यकता थियो । परिवर्तन भएको लामो समय भए पनि जनअपेक्षा अनुसार काम हुन सकेको छैन । ढिलो भएकाले प्रतिक्रियावादीले टाउको उठाउन खोजेका हुन् । अब धेरै ढिला गर्नु हुँदैन । अब पनि परिवर्तन पक्षधर एकजुट भएर उत्पादन र निर्माणमा लागेनन् भने सोचे अनुसारको प्रतिफल हासिल हुन सक्दैन । नेकपा माओवादीले हेटौँडाको सातौँ महाधिवेशनमा उत्पादनको बारेमा कुरा उठायो । त्यो सकारात्मक पाटो थियो तर कार्यान्वयन भएन । नेपाल कृषिप्रधान देश भनिए पनि उत्पादनको क्षेत्रमा निराशा बढेसँगै मुलुक परनिर्भरतातिर जाँदै छ ।
जगदुल्ला जलविद्युत् आयोजना : यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत
उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरु हुने तयारीमा छ । आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी छनोटको काम अन्तिम चरणमा पुगेको छ ।
मानवीय खुसीको आधार
मानव जीवनको उद्देश्य व्यक्ति तथा समुदाय अनुसार फरक हुन सक्छ । जुनसुकै उद्देश्य लिएका व्यक्तिको पनि साझा अपेक्षा खुसी हुनु नै हो । व्यक्तिका लागि आफू खुसी हुने विषय वा खुसी हुन आवश्यक पूर्वसर्त फरक हुन सक्छ । खुसी हुने समय, सन्दर्भ, सर्त वा अवस्था फरक हुन सक्छ । कोही भौतिक सुख प्राप्तिलाई खुसीको आधार मान्दछन् भने कोही आध्यात्मिक शान्ति तथा चेतनालाई । कोही धन सम्पत्तिलाई अधिक महत्व दिन्छन् भने कोही पारिवारिक तथा सामाजिक पुँजीलाई ।
कार्यान्वयनयोग्य कार्यक्रमको अपेक्षा
गत पुस ४ गते सिंहदरबारमा आयोजित कृषि तथा पशुपन्छी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त वार्षिक समीक्षा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नुभयो, “... पुस महिनाभित्रै राम्रो अन्तव्र्रिmया गर्ने र नीति, कार्यक्रम र बजेटको परम्परागत ढाँचा परिवर्तन गरिने भएकाले त्यसरी नै सोच्नुहोला ।” सरकारको वार्षिक नीति तथा कार्यक्रम सधैँ आकर्षक र कर्णप्रिय आउने तर त्यसको कार्यान्वयनको पक्ष फितलो देखिइरहँदा वार्षिक नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचा परिवर्तन गर्ने प्रधानमन्त्रीको उद्घोषले नीति तथा कार्यक्रम र बजेटमा केही सुधार हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।
निष्क्रिय कर्जा व्यवस्थापनका सूत्र
कर्जा व्यवस्थापन गर्न सके निष्क्रिय कर्जा आफैँ व्यवस्थापन हुन्छ । ४० को दशकपछि सुरु भएको आर्थिक उदारीकरणको लहरसँगै जसरी बैङ्क तथा वित्तीय संस्था जुन गतिमा खुले तथा विस्तार भए, त्यही गतिमा खुम्चन पुगेको तथ्याङ्कले देखाउँछ । नियामकको खुकुलो नीति, अस्वस्थ प्रतिस्पर्धा, विश्लेषणबिनाको सेयर होल्डरको लगानी, बैङ्क संस्थाको दूरगामी सोचको अभाव, वित्तीय साक्षरताको अल्पज्ञान, विभिन्न किसिमका आतङ्क फैलाउने स्वार्थ समूहका भाष्य जस्ता परिवेशले वित्तीय संस्थालाई सही ढङ्गबाट सञ्चालन हुन कठिन अवस्था सिर्जना भयो । नियामक निकायका नीति नियमको पूर्ण पालना गर्ने सन्दर्भमा वित्ती
‘अकथ्य’ सार्वजनिक
रङ्गकर्मी प्रवीण खतिवडाले लेख्नुभएको ‘अकथ्य’ कथासङ्ग्रह सार्वजनिक गरिएको छ । परिचय पब्लिकेसनद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सो पुस्तक समीक्षक/लेखक सिके लाल, कलाकार सौगात मल्ल र लेखक सगुना शाहले संयुक्त रूपमा लोकार्पण गर्नुभएको छ । सो अवसरमा सिके लालले पुस्तकमाथि टिम्पणी गर्दै अकथ्य लेखक खतिवडाको पहिलो कृति भए पनि अझै पढूँ पढूँ लाग्ने पाठकलाई आकर्षित गर्ने कथाहरू रहेको बताउनुभयो । उहाँले नाटक, चलचित्रमा अभिनय र निर्देशनमा सक्रिय लेखक खतिवडाका यस कृतिमा समेटिएका नौ वटा कथाले विविध पाटोबारे चर्चा गर्दै खतिवडाले लेखनमा चालेको पाइलाको निरन्तरता दिन सुझाव पनि दिनुभयो ।
‘सतीदेवी’ प्रति सञ्चारमन्त्रीको चासो
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र ‘सतीदेवी’ प्रति चासो लिँदै नेपालमा यस प्रकारका मौलिक, यथार्थपरक चलचित्र निर्माणमा जोड दिनुपर्ने बताउनुभएको छ । मन्त्री शर्मा र चलचित्रका लेखक, निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीबिच भएको भेटघाटमा नेपाली चलचित्रको विकास, विस्तार र श्रीवृद्धिका लागि मौलिक कथा प्रस्तुतिमा जोड दिनुपर्ने मन्त्री शर्माको भनाइ थियो । उहाँले चलचित्र नारीप्रधान, मौलिक कथामा निर्माण भएको सुनेकाले आफूलाई रुचि लागेको बताउनुभयो ।
कला प्रदर्शनी सुरु
पोखरामा शनिबारबाट प्रथम प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले सुरुआत गर्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र गण्डकी प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमको संयोजन सिर्जनशील कलाकार समूह पोखराले गरेको हो । ७४ कला प्रदर्शनीमा रहेको कार्यक्रम २३ गतेसम्म चल्ने छ । उपकुलपति लामाले कला समाजबाट निरपेक्ष हुन नसक्नेमा जोड दिनुभयो । “कलाकार केवल रङ र कुची चलाउने मान्छे होइन, कला सामाजिक रूपान्तरणको माध्यम पनि हो,” उहाँले भन्नुभयो, “हामी अहिले प्रदेशसम्म आइपुगेका छौँ, चाँडै स्थानीय तहसम्म पुग्नु छ ।”
सहकारी बचतकर्तालाई पैँतिसदिने सूचना
समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी, कृषि बहुउद्देश्यीय सहकारी र कान्तिपुर बचत तथा ऋण सहकारीका बचतकर्तालाई ३५ दिनभित्र माग दाबी गर्नुपर्ने भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले यी तीनै सहकारीका बचतकर्तालाई अनलाइनमार्फत माग दाबी पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ । कार्यालयले जारी गरेको सूचनामा समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी, कृषि बहुउद्देश्यीय सहकारी र कान्तिपुर बचत तथा ऋण सहकारीका बचतकर्तालाई ३५ दिनभित्र मागदाबी गर्न भनिएको हो ।
शीतभण्डार र जुस उद्योग प्रयोगविहीन
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४, दोभानटारमा एक दशकअघि निर्माण गरिएको जुनार शीतभण्डार र जुस उद्योग प्रयोगविहीन अवस्थामा रहेका छन् । सम्बन्धित निकायको बेवास्ताका कारण जापानी दूतावासको आर्थिक सहयोगमा निर्माण गरिएको जुनार शीतभण्डार र नेपाल सरकारको सार्वजनिक निजी साझेदारीको मोडेलमा जुस उद्योग वर्षौंदेखि निर्माणाधीन छ ।
नगदै दिइने सामाजिक सुरक्षामा पनि कर
सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने सामाजिक सुरक्षाको भुक्तानीमा समेत सामाजिक सुरक्षा कर लगाउने उपाय निकालेको छ । हालै कार्यान्वयनमा आएको एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा संरचना, २०८० ले सामाजिक सुरक्षामा वित्तीय स्रोत व्यवस्थापनका लागि यस्तो उपाय अघि सारेको हो । विगत केही वर्षयता सरकारले सञ्चालन गरिरहेका विभिन्न १९ वटा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतका ८७ वटा ‘स्किम’ का लागि विनियोजन गर्नुपर्ने बजेट बढ्दो छ । चालु आर्थिक वर्षमा मात्रै सरकारले सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न कुल बजेटको १४.८ प्रतिशत अर्थात् दुई खर्ब ५८ अर्ब ७९ करोड रुपियाँ विनियोजन गरेको छ ।
चैत २१ भित्र किसानलाई भुक्तानी दिने सहमति
डेरी उद्योगीले दुध उत्पादन गर्ने किसानलाई बक्यौता रकम चैत २१ भित्र भुक्तानी गर्ने सहमति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रलायमा शनिबार सरकार र किसानबिच भएको वार्तामा यस्तो सहमति भएको छ । सो सहमतिसँग किसानले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । भुक्तानीको माग गर्दै किसानले चरणबद्ध आन्दोलन गर्दै आइरहेका थिए । किसानका तर्फबाट वार्तामा सहभागी केन्द्रीय दुग्ध सहकारी नेपालका अध्यक्ष अमर कुँवरका अनुसार पुससम्म बाँकी रहेको सम्पूर्ण रकम चैत २१ भित्र भुक्तानी गरिसक्नुपर्ने र माघदेखिको नियमित भुक्तानी गर्नुपर्ने सहमति भएको छ ।
तीन विश्वविद्यालय उपकुलपतिविहीन
तीन वटा विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् । यसअघि नियुक्त हुनुभएका उपकुलपतिको चारवर्षे कार्यकाल समाप्त भएका कारण ती विश्वविद्यालय शनिबारदेखि नेतृत्वविहीन भएका हुन् । कार्यकाल समाप्त भएका उपकुलपतिमा पूर्वाञ्चल विश्वविद्यालका प्राडा यादवराज कोइराला, सुदूरपश्चिम विश्वविद्यालयका प्राडा अमरराज जोशी र मध्यपश्चिमाञ्चल विश्वविद्यालयका प्राडा नन्दबहादुर सिंह रहनुभएको छ ।
भृकुटीमण्डपमा भाडा तिर्न अटेर, उठेन साढे छ करोड रुपियाँ
काठमाडौँको भृकुटीमण्डपमा रहेको समाज कल्याण परिषद्को जग्गा प्रयोगकर्ताले राजनीतिक पहुँचका आडमा विगत ३० वर्षदेखि भाडा तिर्न अटेर गर्दै आएको पाइएको छ । भृकुटीमण्डप परिसरमा विभिन्न ४२ सङ्घसंस्था र व्यक्तिले प्रयोग गरेको स्टल तथा भवन एवं मेला, प्रदर्शनी आदि गरेबापतको भाडा तिर्न अटेर गरेका छन् । गत असार मसान्तसम्मको तथ्याङ्क अनुसार उनीहरूबाट करिब छ करोड ५३ लाख रुपियाँ उठ्न बाँकी छ । परिषद्का प्रशासन प्रमुख दुर्गाप्रसाद भट्टराईले राजनीतिक दलका नेतादेखि पत्रकार तथा कर्मचारीका संस्थासम्मले भाडा तिर्न अटेर गर्दै आएको बताउँदै भन्नुभयो, “राजनीतिक शक्तिको आडमा उठाउन सकेका छैनौँ । बारम्बार ताकेता गर्दा पनि अटेर गर्दै आएका छन् ।”
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा